Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुका १३ जनाको स्वाब परीक्षणका लागि टेकु पठाइयो

सोलुखुम्बुका १३ जनाको स्वाब परीक्षणका लागि टेकु पठाइयो


सोलुखुम्बु, वैशाख २८
सोलुखुम्बुमा कोरोना संक्रमणको आशंका गरिएका १३ जनाको स्वाव संकलन गरि काठमाडौ पठाइएको छ । जिल्लाको सोताङ गाउँपालिका र लिखुपिके गाउँपालिकाका १३ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको हो । आरडीटी परीक्षणमा पोजेटिभ देखिएका दुई जना तथा अन्य शंका गरिएका ११ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सोलुुखम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिए । उनका अनुसार सोताङमा उदयपुरबाट आएकी युवती, उनको सम्पर्कमा आएका २ जना र उनीसँगै गाडीमा आएका ७ जनाको पीसीआर परिक्षणका लागि स्वाब सकंलन गरिएको पठाइएको हो ।

गाउँपालिकाको क्वारेन्टिनमा बसेकी युवत्तिमा कोरोनाको शंका देखिए पछि उच्च निगरानिमा राखिएको थियो । यसअघि आरडीटी परीक्षणमा शंकास्पद देखिएका लिखुपिकेका युवा र उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य दुई जना समेत गरी तीन जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको छ । लिखुपिकेको युवाहरु भोजपुरबाट आएका थिए । उनीहरुलाई पनि उच्च निगरानीमा राखिएको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया