लोमसको ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा
काठमाडौं, वैशाख २८
औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरी बजारमा ल्याएको छ । विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको जनाएको छ ।
सुरुमा कम्पनीले १ सय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रबन्धक प्रनबजंग पाण्डेले जानकारी दिए । उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा विश्वस्तरीय मापदण्डअनुसार उत्पादन गरिएको जानकारी दिए । ५ सय एमएलको बोतलको स्यानिटाइजरको बजार मूल्य पाँच सय १५ रुपैया पर्नेछ । बजारमा यो स्यानिटाइजर सबै औषधि पसल तथा डिपार्टमेन्टल स्टोरहरुमा पाइने जानकारी पाण्डे दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
- नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
- ओहोदाको प्रमाणपत्र प्रस्तुत
- भगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति
- बैंकिङ प्रणालीमा कसरी बढ्यो आठ खर्ब रुपैयाँ निक्षेप ?
- विदेशी लगानी ‘अटोमेसन प्रणाली’बाट ल्याइने
- तरलता व्यवस्थापन गर्न ३५ अर्ब तान्दै राष्ट्र बैंक
- नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य हुने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया