Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमुसहर तथा विपन्न परिवारलाई राहत

मुसहर तथा विपन्न परिवारलाई राहत


सुनसरी, वैशाख ३०
सुनसरीको इनरुवा ९ बव्यिाका मुसहर तथा विपन्न परिवारलाई अमेरिकामा बस्दै आएका कानुन चौधरीले राहत वितरण गरेका छन् । लामो समयसम्म लकडाउन भएकोले दैनिक ज्याला मजदुरी गरी खानेहरुलाई हातमुख जोड्न समस्या भएका परिवारलाई राहत वितरण गरिएको हो । स्थानीय सरकारले दिएको राहत सकिएकाले केही दिनदेखि भोकै रहेका उनीहरुलाई चौधरीले अमेरिकाबाट पठाएको दुई लाख ५० हजार रुपैयाँबराबरको राहत स्थानीयहरुलाई वितरण गरिएको हो ।

चौधरीले बुवा स्व. बुद्धिलाल चौधरी, आमा स्व.रोजनी थरुनीको नामबाट राहत वितरण गरेका हुन् । इनरुवा नगरपालिकाभित्र रहेका सुकुम्बासी, जनमजदुरी गर्ने र विपन्न घरपरिवारलाई चौधरीका दाजुभाइ भुनेश्र चौधरी, किसोर चौधरी, बहिनी सीता र गिता चौधरीले घरघरमा पुगेर राहत वितरण गरेका हुन् । नगरपालिकालाई राहत हस्तान्तरण गर्दा राहत वितरण ढिलो हुने भएकाले व्यक्तिगत रुपमै घरबाटै राहत वितरण गरेको कानुन चौधरीकी बहिनी सीता चौधरीेले जानकारी दिइन् । इनरुवा ९ का एक सय ५० परिवारलाई २५ किलो चामल, १ प्याकेट नुन र १ लिटर खाने तेलसहितका राहत वितरण गरिएको चौधरीले जनकारी दिइन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया