Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभाइभ लाउञ्जद्वारा राहत सामग्री वितरण

भाइभ लाउञ्जद्वारा राहत सामग्री वितरण


काठमाडौं, वैशाख ३०
काठमाडौंको लाजिम्पाटमा रहेको भाइभ लाउञ्जले राहत सामग्री वितरण गरेको छ । लाउञ्जले संस्थागत सामाजिक उत्तरदायित्यअन्तर्गत अमर श्रेष्ठ, निमा पाख्रिन, अतित श्रेष्ठ र भाइभ लाउञ्ज परिवार समेतको सहकार्यमा लाजिम्पाट आसपासका क्षेत्रमा बस्ने तेस्रो लिंगीहरुलाई राहत सामग्री वितरण गरिएको लाउञ्जका प्रबन्धनिर्देशक निमा पाख्रिनले बताए ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीले अहिले सिँगो विश्वसहित नेपाल पनि लकडाउनमा छ । सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । यो लकडाउनमा विशेषगरी उपत्यकामा भाडामा बसेर दैनिक मजदुरी गर्ने नागरिकहरुले धेरै नै पीडित रहेका छन् । उनीहरुको पीडालाई सम्बोधन गर्ने धेरै व्यक्ति तथा संघ/संस्था स्थानीय निकायहरुले सहयोग गरेका छन् । तर यस क्षेत्रमा बस्ने तेस्रोलिंगीहरुलाई अहिलेसम्म कुुनै पनि संघ/संस्थाले सहयोग गरेको देखिएन । यो अवस्थामा हामीले व्यक्तिगतरुपमा केही रकम उठाएर उहाँहरुलाई दैनिक उपभोग्य सामग्री वितरण गरेका हौं’, भाइभ लाउञ्जका पाख्रिनले भने ।

उनले सबै जना अप्ठ्यारोमा परेको कारण लाउञ्जले चार जनाको परिवारलाई एक हप्ताको लागि पुुग्ने दाल, चामल, नुुन तेल लगायतका खाद्य सामग्री वितरण गरेको बताए । राहत वितण कार्यक्रममा प्रत्यक्षरुपमा सहभागी भएकी मानवअधिकारकर्मी समेत रहेको निलम पौडेलले योपटक आफूहरुले २५ जना तेस्रोलिंगीहरुलाई राहत वितरण गर्ने लक्ष्य लिएको बताइन् । सोहीअनुुसार २५ जनाको नामावली तयार गरे पनि अहिले १५ जना मात्र सहभागी भएको उनको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया