Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

चिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान


काठमाडौं, जेठ १
उत्तरी छिमेकी चीनको चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले साढे चार टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पीपीई, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चिनियाँ सेनाको जहाजले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री ल्याएर फर्किएको जानकारी दिए । चीन सरकारले यसअघि पनि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अहिले चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइरहेका छन् । ती सामग्री ल्याउने क्रममा नै बुधबार पनि ल्याइएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया