Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअनलाइनमार्फत सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको साधारणसभा

अनलाइनमार्फत सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको साधारणसभा


काठमाडौं, जेठ ५
नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन’को प्रथम वार्षिक साधारणसभा अनलाइन वेविनारमार्फत सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा क्यान महासघंका अध्यक्ष नवराज कुवरले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा पु-याएको योगदानको चर्चा गर्दै साइबर सेक्युरिटीसम्बन्धी अनुसन्धान तथा विषयगत कार्यक्रमहरू संयुक्त साझेदारको रूपमा सञ्चालन गर्न अझ सक्रिय भएर लाग्नु पर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सूचना सञ्चार प्रविधि विकास समितिका अध्यक्ष ई. विनोद ढकालले सरकारले सूचना प्रविधि उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण सिर्जना गरिदिनुपर्ने बताए । उनले लगानीको वातावरण सिर्जना गर्न सके मात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने बताए ।

कार्यक्रममा क्यान महासंघका पूर्वअध्यक्ष विपल्वमान सिंहले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) को लकडाउनका कारण सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित सबै हतोसाहित र विचल्लित नहुन र हातेमालो गर्दै सकारात्मक धारणा लिएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा इन्टरनेट गोभरनेन्स् इन्स्टिच्युटका उपाध्यक्ष तथा एप्रिआईजिएफका भाइस चेयर अधिवक्ता बाबुराम अर्यालले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको प्रसंशा गर्दै साइबर सेक्युरिटी इन्टरनेट गोभरनेन्स क्षेत्र अभिन्न पाटो भएको बताए ।

कार्यक्रममा एनपीसर्टका उपाध्यक्ष कुमार पुडासैनीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र एनपीसर्ट संस्थाहरू सदैव एक अर्काको पर्यायवाची रहेको र संयुक्त साझेदारी भैरहेको जानकारी दिए । कार्यक्रममा एनपीनगका उपाध्यक्ष रामकृष्ण परियारले एनपीनगले सीएसआरआई संस्थालाई प्राविधिक सहयोग गर्न सदैव तत्पर रहेको बताए । सीएसआरआई संस्थाका प्रमुख सल्लाहकार विवेक शमशेर राणाले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड (१९) को लकडाउनमा पनि सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले आफ्नो प्रथम साधारणसभा सम्पन्न गर्ने अठोट लिएकोमा प्रशंसा गर्दै ठूलो उपलब्धि भएको र यस संस्थाले अझ सक्रिय साथ अगाडि बढ्नुपर्ने बताए ।

साथै कार्यक्रममा सीएसआरआई संस्थाका संस्थापक पदाधिकारीहरूलाई भर्चुअल प्रसंशा प्रमाणपत्र वितरण गरिएको थियो । साथै नयाँ कार्यसमितिको चयन भएको छ । सम्पन्न साधारणसभाले प्राडा. सुवर्ण शाक्य नेतृत्वको १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा डा. सुवर्ण शाक्य, उपाध्यक्षमा डा. पवनकुमार शर्मा, मिलनराज नेपाली र रोजाकिरण बासुकला, महासचिवमा शालिग्राम पराजुली, सचिवमा सुमन थपालिया, कोषाध्यक्षमा डा. प्रमोद पराजुली सर्वसम्मतले निर्वा्चित भएका छन् । साथै, उक्त साधारणसभाबाट ८ जना कार्यकारणी सदस्यहरूमा रामकृष्ण दाहाल, शिला कार्की कंसाकार, सरला कार्की, गंगा भण्डारी, रेगबहादुर भण्डारी, भीमध्वज श्रेष्ठ, तेजप्रसाद धमाल र आभाष अधिकारी निर्वाचित भएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया