Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसडक पिच गर्न बिच्छ्याएको गिटी चोरी

सडक पिच गर्न बिच्छ्याएको गिटी चोरी


धनबहादुर जप्रेल
कञ्चनपुर, जेठ ६
कञ्चनपुरको महाकाली नगरपालिकामा स्थाननीयहरूद्वारा नै सरकारले सडक पक्की बनाउन बिच्छयाएको गिटी उठाएर आफ्नो घर लैजाने गरेको पाइएको छ । जनताको सुविधाका लागि सरकारले सडक निर्माण गर्दै छ । भौतिक विकास र जनताको सुविधाका निर्माण हुने सडकमा स्थानीयको सहयोगभन्दा पनि अहसयोग भइरहेको पाइएको छ ।

चालू आर्थिक वर्षमा संघीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट कञ्चनपुरको महाकाली नगरपालिकामा रिङरोड सडक कालोपत्रे भइरहेको छ । महाकाली नगरपालिका १ चाँदनीको जमुनाघाँडीबाट झोलुंगे पुल जोड्ने सडकअन्तर्गत महाकाली नगरपालिका २ चाँदनी क्षेत्रबाट केही स्थानीयले सडकमा बिछ्याईका गिटी चोरेर घर लगिरहेका छन् । नगरप्रमुख वीरबहादुर सुनारले विकास निर्माण भइरहेको सडकबाट गिटी चोर्ने काम निन्दनीय भएको बताए ।

‘पहिला त चोर्नेले आफैँले जान्नुपर्ने हो, ‘उनले भने, ‘हामीले भन्दा पनि नमान्नेलाई माथिल्ला सरकारले कारबाही गर्नुपर्छ ।’ एउटा उखान सुनाउँदै नगरप्रमुख सुनारले चाहिने सबैलाई, ल्याउने कोहीलाई वनका दाउरा वनमै भन्दै विकास निर्माणमा जहिल्यै पनि केही स्थानीयबाट यस्तै अवरोध समस्या खडा हुने गरेको गुनासो पोखे । ‘पहिला पनि हामीले विकास गर्दा केहीले जाली चोर्ने, केहीले अवरोध गर्ने गरेका थिए, ‘उनले भने, ‘जनप्रतिनिधिले गाउँमा विकास गर्दा पनि दुःख नगर्दा पनि दुःख छ ।’

सडकबाट गिटी चोर्ने समूहको पहिचान गरेर कारबाही गर्ने बताउँदै उनले जति पटक भने पनि नमान्नेलाई कानुनको दायरामा ल्याइने उनले चेतावनी दिए । सडक डिभिजनबाट उक्त सडक कालोपत्रे गर्ने जिम्मा पाएको जोशी निर्माण सेवाका सञ्चालक गणेश दत्त जोशीले निर्माण भइरहेको सडकबाट गिटी चोर्नबाट जोगाउनका लागि चौकीदार राखिने बताए । ‘हामीले निर्माण गरिरहेका सडकबाट गिटी चोरिएको मलाई थाहै भएन, ‘उनले भने, ‘चोरिएको भए, त्यो कार्य गलत हो, हामी रोक्छौँ ।’

सडक डिभिजन कार्यालयबाट ९ किलोमिटर कालोपत्रेका लागि जोशी निर्माण सेवाले १२ करोडमा ठेक्का पाएका थिए । लकडाउनमा पनि सरकारले दिएको जिम्मेबारी पूरा गरिरहेको निर्माण कम्पनीले केही समाजका विकास विरोधी समूहबाट अवरोधकै कारण पछि सरकार र निर्माण व्यवसायीको बदनाम हुने चिन्ता व्यक्त गरे । विकासवादी स्थानीयले भने जनताको सुविधाका लागि आएको सडकबाट चोरी गर्ने समुह विकास विरोधी मात्रै नभएर समाजका विरोध तत्व भएकाले भन्दै कारबाहीको माग अघि सारेका छन् । उनीहरूको पहिचान गरेर कारबाही गर्नुपर्ने स्थानीय एव नेकपा नेता भरत भट्टको भनाइ छ ।

‘सरकारले विकास गर्दा विकास गरेन भनेर स्थानीयदेखि सबै सरकारले बदनाम गर्ने, विकास गर्दा सडक बिग्रिने हिसाबले ढुंगा चोर्ने, कमसल सडक निर्माण भए, ठेकेदार जनप्रतिनिधिसहित सरकारलाई दोष लगाउने परम्पराले नेपालको दिगो विकास हुन सकेन् ।’ दिगो विकासमा जनताको समेत सहयोग भूमिका अपरिहार्य भएको उनको सुुझाव छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया