Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाबाट संक्रमित र मृत्यु हुनेको नाम सार्वजनिक गर्न नपर्ने

कोरोनाबाट संक्रमित र मृत्यु हुनेको नाम सार्वजनिक गर्न नपर्ने


काठमाडौं, जेठ ७
कोरोनाबाट संक्रमित र मृत्यु हुनेको स्थायी र अस्थायी ठेगाना सार्वजनिक गर्नुपर्ने भएको छ । ती स्थानका थप व्यक्तिको परीक्षण गर्नका लागि स्थायीको साथै हाल बसोबास गरिरहेको अस्थायी ठेगाना पनि सार्वजनिक गर्दा सहयोग पुग्नेछ । राष्ट्रिय सूचना आयोगले मंगलबार विज्ञप्ति जारी गरी मृतकको नाम भने सार्वजनिक गर्न भनेको छैन । आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम अस्थायी र स्थायी ठेगाना भने सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भनिएको हो । मृतकको व्यक्तिगत प्रकृतिका सूचनाहरु प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमा सार्वजनिक हुँदा यसबाट सम्बन्धित व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दूरगामी हुनसक्ने भन्दै नाम सार्वजनिक नगर्न सचेत गराइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया