Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ


पर्सा, जेठ ७
वीरगंज महानगरपालिका २७ उदयपुर घुर्मी बस्ने नगिना यादवको घरमा जुवातास खेलिरहेका ६ जनालाई ६८ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निजनगिना यादव, सोही ठाउँ बस्नेहरु २५ वर्षीय रुपेश यादव, ३६ वर्षीय राजेश्वर प्रसाद यादव, ४० वर्षीय छोटेलाल पटेल, ४५ वर्षीय ज्ञानचन पटेल र १९ वर्षीय हदरी प्रसाद यादव रहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया