Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबेपत्ता भएको ११ दिनसम्म पनि फेला परेनन् प्रहरी कर्मचारी

बेपत्ता भएको ११ दिनसम्म पनि फेला परेनन् प्रहरी कर्मचारी


महेन्द्र शाही
सोलुखुम्बु, जेठ १३
११ दिनदेखि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कर्मचारी सम्पर्कविहीन बनेका छन् । कार्यालयको कामको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सल्लेरीबाट नेचासल्यानको प्रहरी चौकी सल्यान हिँडेका रिन्जि शेर्पा बीच बाटैबाट सम्पर्कविहीन बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जेठ २ गते लकडाउनको बेला हिँडेको भन्दै स्थानीय युवाले नेचासल्यान २ खाल्पामा रोकेपछि उत्पन्न विवादपछि उनी बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए । मोटरसाइकलमा गएका शेर्पालाई स्थानीय युवाले हातपात समेत गरेको र मोटरसाइकलसहित मोबाइल सेट समेत खाल्पामा नै छोडेर शेर्पा सम्पर्कविहीन बनेको प्रहरीको भनाइ छ । अहिले पनि उनको खोजी कार्य जारी रहेको दर्नालको बताए । शेर्पाका नजिकका साथीहरु तथा आफन्तहरुसँग सम्मर्क गरिएको र त्यहाँ पनि उनी नगएको बताइएको छ ।

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा समेत लिइसकेको छ । प्रहरीले सल्यानकै ३० वर्षका सन्तोष राई र २७ वर्षका मिन बहादुर खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार ती कर्मचारीले मिन बहादुर खड्काको हातमा टोकेको पाइएको छ भने पक्राउ परेका युवकले समेत झगडा भएको स्वीकार गरिसकेका छन् । प्रहरी कर्मचारी सम्पर्कविहीन भएलगत्तै जिल्ला प्रहरीको टोलीसहित स्थानीयले घटनास्थल वरपर लगायतको ठाउँमा खोजी गर्दा समेत पत्ता लाग्न नसकेको प्रहरी निरीक्षक दर्नालको भनाइ छ । सात दिनसम्म कहीँ कतै सम्पर्कमा नहुँदा घटना रहस्यमय बनेको प्रहरीको अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । २०७२ सालदेखि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी कर्मचारी (परिचर) शेर्पाको स्थायी ठेगाना ताप्लेजुङको सन्थाक्रा ३ हाल मेरिङदेन २ रहेको छ । उनको श्रीमती र एउटा छोरा छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया