Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौं, जेठ १८
कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिले स्वास्थ्य सामग्री प्रदान गरेको छ । महाशाखामा एक कार्यक्रमवीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुुन । महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए । उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिए ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष हर्क साउदले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो । आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरत्तर अगाडि बढ्न क्लवतत्पर रहेको उनले उल्लेख गरे । कार्यक्रममा प्रहरी अधिकृतहरु तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उक्त रोटरी क्लवबाट प्राप्त केएन ९५ मास्क १५ सय थान र २७.५ लिटर सेनिटाईजर महाशाखालाई प्राप्त भएको छ । उक्त सामग्रीहरू सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया