Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रतिरोध क्षमता बढाउने आयुर्वेदिक उत्पादन बजारमा

प्रतिरोध क्षमता बढाउने आयुर्वेदिक उत्पादन बजारमा


काठमाडौं, जेठ २७
शाहीराम फुड्स प्रालिले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्याब्लेट बजारमा ल्याएको छ । शाहीराम फुड्स प्रालिले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको हो । आयुर्वेदिक जडीबुटी गिलोयलाई नेपालमा गुर्जो नामले चिनिन्छ । परापूर्व कालदेखि पुर्खाहरूले शरीरमा कमजोरी हुँदा गुर्जोको झोल पिउँदै आएका छन् । भारतीय योगगुरु रामदेवका साथै आयुर्वेदिक ज्ञाताहरूले कोरोनाबाट बच्नका लागि गुर्जोको झोल सेवन लाभदायक हुने बताउँदै आएका छन् । यही सर्वगुणकारी गिलोय (गुर्जो)का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत अमूल्य नेपाली जडीबुटीलाई शाहीराम फुड्स प्रालिले जुस र ट्याबलेटका रूपमा बजारमा ल्याएको हो ।

गिलोयो तुलसी जुस र गिलोयो तुलसी ट्याबलेटको नियमित प्रयोग गरेपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामबहादुर शाहीले बताए । कम्पनीका उत्पादनहरू आईएसओ र जीएमपी प्रमाणीकरण र डीडीएबाट पनि स्वीकृत छ । नेपाली जडीबुटीको प्रयोगबाट निर्मित आयुर्वेदिक उत्पादन बच्चादेखि वृद्धसम्म सबैले प्रयोग गर्नसक्ने र कुनै साइड इफेक्ट नभएको कम्पनीले जनाएको छ । यी उत्पादनहरूमा प्रचुर मात्रामा एन्टीअक्सिडेन्ट तत्व भएकाले नियमित सेवनले बालकदेखि वृद्धसम्मलाई रोगसँग लड्ने क्षमता वृद्धि गर्दै विभिन्न भाइसरबाट बचाउने कम्पनीको दाबी छ ।

साथै पाचन क्रियालाई सक्रिय गराउने, शारीरिक सम्बन्धलाई पनि सुमधुर ल्याउने, पुरानो जरो, मधुमेह, दम, बाथ, माइग्रेन, कब्जियत, एसिडिटी, जोर्नी दुःखाइ, रुघाखोकी, टाउको दुःखाइ, शारीरिक कमजोरीलाई समेत यी प्रोडक्ट लाभदायक हुने सीईओ शाहीले जानकारी दिए । देशभर आफ्ना थोक तथा खुद्रा बिक्रेतामार्फत सजिलै उत्पादन खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका बजार व्यवस्थापक द्वारिका गौतमले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया