Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपोखरी निर्माणकार्यमा अनियमितता भएको स्थानीयको आरोप

पोखरी निर्माणकार्यमा अनियमितता भएको स्थानीयको आरोप


अमित ठाकुर
रौतहट, जेठ ३०
रौतहट जिल्लाको राजदेवी नगरपालिकाको वडा नंबर ८ मा रहेको पोखरीमा पर्खाल र भ¥याङ्ग निर्माण कार्यमा व्यापक अनियमितता भएको स्थानीयले बताएका छन् । निर्माण कार्यमा अनियमितता भएको भन्दै उनीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे, इन्जिनियर, ओभरसियरसहित वडाध्यक्ष शंकर राय यादवलाई कानुनी कारबाही गर्न माग गरेका छन् । वडाध्यक्ष यादवको कुनै पनि कार्यमा सही नरहेको भन्दै स्थानीयहरुले वडाध्यक्ष यादवविरुद्ध उत्रेका हुन् । आधारभूत विद्यालयको छेउमा रहेको सानो पोखरीको सौन्दर्यीकरण गर्न गतवर्ष प्रदेश सरकारले २५ लाख रुपैयाँ दिएको थियो । सो कार्य गर्न उपभोक्ता समिति गठन गरी पर्खाल निर्माण तथा भ-याङ्ग ढलानका लागि जिम्मेवारी दिएको थियो ।

समितिका अध्यक्ष ब्रहमदेव यादवले सो कार्यमा सिमेन्ट, बालुवा र प्रयोग हुने इँट्टा दोस्रो क्वालिटीको गरेपछि उक्त निर्माण कार्यमा अनियमितता भएको स्थानीयको भनाइ छ । वडाध्यक्ष यादवले पोखरी सौन्दर्यीकरण बढाउन यस वर्ष थप २० लाख रुपैयाँ समावेश गरेका थिए । पोखरीको डिपिआर बढी भएको र अहिले पर्खाल र भ-याङ्ग निर्माण कार्यमा व्यापक अनियमितता भएको कारणले नै ठाउँ–ठाउँमा पर्खाल चर्केको र पर्खाल बाङ्गोसमेत भएको उनीहरुको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया