Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहाभारतको नाममा फजुल खर्च

महाभारतको नाममा फजुल खर्च


मदनरात भट्ट
डडेल्धुरा, जेठ ३०
वर्षौंदेखि डडेल्धुराको महाभारत वन क्षेत्रलाई संरक्षित वन क्षेत्र बनाउन लाखौं खर्च गरिसकेको डिभिजन वन कार्यालय डडेल्धुराले सरोकारवालाहरूको आँखा छल्दै आरक्ष बनाउने तयारी थालेको छ । महाभारत वनक्षेत्रलाई वन ऐनअनुसार संरक्षित क्षेत्र घोषणा गर्न २०६८ सालमा कार्ययोजना स्वीकृत गरिसकेको र २०७१ साल असार २५ गते राजपत्रमा सूचना प्रकाशित गर्न वन विभागले सिफारिस गरिसकेको छ ।

२०७१ सालमै महाभारत संरक्षण परिषद्को तदर्थ समिति गठन गरिएकोमा हाल सो समिति निष्क्रिय छ । जनचेतनामूलक कार्यक्रमका नाममा गोष्ठी र अन्तरक्रिया गर्न वर्षेनी लाखौं रकम खर्च गरिरहेको डिभिजन वन कार्यालय डडेल्धुराले पछिल्लो समयमा सबै सरोकारवालाहरूको आँखा छलेर महाभारत वन क्षेत्रलाई आरक्षका रूपमा विकास गर्न भित्रभित्रै लविङ गरिरहेको छ । महाभारत संरक्षित वन क्षेत्रका नाममा वन कार्यलयले वर्षेनी लाखौं रकम खर्च गरिरहेको छ ।

गत आर्थिक वर्षमा महाभारत वन संरक्षणका नाममा तीन लाख बजेट विनियोजन भएको थियो । वन कार्यालयले उक्त रकम जिल्लाकै प्रतिष्ठित रातो गुरास रिसोर्टमा गोष्ठी सम्पन्न गरेर सकाएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । चालू आर्थिक वर्षमा समेत १० लाख विनियोजित बजेटमध्ये सब डिभिजनस्तरीय गोष्ठी र जिल्लास्तरीय गोष्ठीका साथै प्रचारप्रसार सामग्री निर्माणमा खर्च भइसकेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । २०६८ सालदेखि हालसम्म २४ लाख २० हजार रूपैयाँ महाभारत वन संरक्षणका लागि खर्च भइसकेको उनको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया