Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपोखरामा डिस्ट्रिक्ट ३२५ जेको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम

पोखरामा डिस्ट्रिक्ट ३२५ जेको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम


काठमाडौं । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ । जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४/२५ का लागि विभिन्न पदमा मनोनित लायन्स लिडरहरूलाई उनीहरूको क्षमता विकासका लागि तालिम प्रदान गरिएको थियो ।

तालिममा पदीय जिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा संघीय संसद्की उपसभामुख इन्दिरा रानामगरले डिस्ट्रिक्ट ३२५ जेले महिला गभर्नर पाएकोमा खुसी व्यक्त गर्दै विश्वभरमा नम्बर एक भएर देखाउन इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई शुभकामना दिइन् । इलेक्ट डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसिप एक्स्टेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएको बताइन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x