Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधइँवा खोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा

इँवा खोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा


काठमाडौं । बाढीले बन्द भएको इँवा खोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नौ दशमलव नौ मेगावाट क्षमताको सो आयोजना मर्मतपछि मंगलबारबाट पुनः सञ्चालनमा आएको हो ।

२०८० साल जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्णरूपले क्षति भई बन्द भएको थियो । आयोजनाका कार्यकारी निर्देशन कुवेरमणि नेपालका अनुसार बाढीले डेढ किलोमिटर हेडरेस पाइप भत्काएको थियो भने बाढीले पावर हाउस डुबाउनुका साथै आयोजनाको बाँध पूर्णरूपले क्षति भएको थियो । यस आयोजन २०७६ असोज २० देखि पूर्णरूपमा सञ्चालनमा आएको थियो । पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलामा अवस्थित इँवा खोला जलविद्युत् आयोजनामा तत्कालीन बैंक अफ काठमाडौं लुम्बिनी लिमिटेड, माछापुछ्रे बैंक, एनसीसी बैंक, सिटिजन बैंक इन्टरनेसनल र सिद्धार्थ बैंक लिमिटेडको लगानी रहेको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x