Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुम्बु पासाङ ल्हामु गाउँपालिकाले ल्यायो आगामी आर्थिक वर्षको बजेट

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ल्यायो आगामी आर्थिक वर्षको बजेट


महेन्द्र शाही
सोलुखुम्बु, असार ९
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागी बजेट ल्याएको छ । साथै नयाँ आर्थिक वर्षको लागी बजेट ल्याउने जिल्लाकै पहिलो स्थानीय तह पनि बनेको छ । जिल्लाका ८ वटा स्थानीय तह मध्ये खुम्बु पासाङ ल्हामु गाउँपालिका आगामी आर्थिक बर्षको बजेट ल्याउने जिल्लाको पहिलो स्थानीय तह बनेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को बजेट गत शुक्रबार पास गरेको हो । जिल्लामा मात्र नभएर प्रदेश नम्बर एकमै खुम्बु पासाङ ल्हामु गाउँपालिका बजेट ल्याउने पहिलो स्थानीय तह भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विनोट भट्टराईले दावि गरे ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका नयाँ आर्थिक वर्षका लागि २९ करोड ८० लाख १६ हजारको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा २८ करोड ९८ लाख ७१ हजार ६ सय ७७ रुपैँया कम हो । चालु आर्थिक वर्षको लागि गाउँपालिकाले ५८ करोड ७८ लाख ८७ हजार ६ सय ७७ रुपैँयाका बजेट ल्याएको थियो । यो वर्ष विभिन्न कारणले गाउँपालिकाको बजेट घटेको बताइएको छ । गाउँपालिकाले नयाँ कार्यक्रम केहि पनि नल्याएको र पुरानै कार्यक्रमलाई नै निरन्तर्ता दिएको भट्टराईको भनाइ छ ।

बजेटमा चालु तर्फ १७ करोड ५२ लाख ४० हजार तथा पुँजीगत तर्फ १२ करोड २७ लाख ७६ हजारको बजेट गाउँपालिकाले पास गरेको हो । असरको ३ गते नै बजेट ल्याउने योजना भएपनि गाउँपालिका अध्यक्षको असामयिक निधन भएकाले केहि ढीलो गरि बजेट ल्याएको प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताए । संविधानमा नै स्थानीय तहले असार १० गते भित्र बजेट ल्याइसक्नु पर्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया