मानव हड्डीसहित पक्राउ परेका तीन जना धरौटीमा रिहा
महेन्द्र शाही
सोलुखुम्बु, असार ११
सोलुखुम्बुमा मानिसको हड्डीसहित प्रकाउ परेका ३ जना अभियुक्त धरौटीमा रिहा भएका छन् । गत जेठ १९ गते जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ पाङ्बोचेबाट चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा प्रकाउ परेका ३ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले दुई जनालाई जनही ३०–३० हजार र एक जनालाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ५ का ३५ वर्षीय भिमबहादुर तामाङ र मोलुङ गाउँपालिका ८ ओखलढुङ्गाका लाङिमा शेर्पालाई ३०/३० हजार र सोताङ गाउँपालिका १ सोलुखुम्बुका टेकमान राईलाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिए । उनीहरूले बयानका क्रममा लाङिमा धामी भएको र धामीलाई आवश्यक पर्ने भएककाले मानव हड्डी उत्खन गरेको स्वीकार गरेको घिमिरेको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया