Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसांसद राईको संसदीय विकास कोषको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई

सांसद राईको संसदीय विकास कोषको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई


बाँके असार १६
बाँके क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गतका तीनवटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गरेका छन् । कोभिड १९ को महामारीका कारणले स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत क्षेत्र नम्बर २ मा छनोट गरिएका तीनवटा योजनाको ठेक्का समेत हुन नसकेकोले ती तीनवटै योजनाको डेढ करोड रुपैयाँलाई भेरी अस्पतालमा दिने निर्णय गरेको सांसद राईले जानकारी दिए ।

स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत ठेक्का सम्झौता नभएका योजनाहरुको रकम असार १५ गतेदेखि फ्रिज गर्ने निर्णय सरकारले गरेको हुँदा सो रकम फ्रिज हुनुभन्दा पहिले नै योजना संशोधन गरेर एक करोड ५० लाख रुपैयाँ कोभिड १९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटरलगायतका उपकरण खरिद गर्न प्रदान गरिएको उनको भनाई छ ।

क्षेत्र नम्बर २ का सांसद राईको संयोजकत्वमा आइतवार बसेको स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समिति बैठकले नेपालगञ्ज उपमहानगर २१ विर्ता गाउँको कर्बला कब्रस्तान र मदरसाको भौतिक पुर्वाधार निर्माण योजना, डुडुवा ६ को बाल सुधार गृहको स्तरोन्नतीका साथै नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स खरिद योजना र डुडुवा ३ कै आस्ताना र मदरसा स्तरोन्नति योजनाको हालसम्म ठेक्का समेत हुन नसकेकोले ती योजनालाई संशोधन गरेर तिनको रकमलाई भेरी अस्पताललाई दिने निर्णय गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका मार्फत सञ्चालन हुने गरी भेन्टिलेटरलगायत अन्य उपकरण खरिदका लागि उपर्युक्त तीनवटै योजनाको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई प्रदान गर्ने निर्णय भएको सांसद राईले बताए । कोभिड १९ का कारण गरिएको लकडाउनले गर्दा ती तीनवटै योजनाको ठेक्का नै नहुँदा रकम फ्रिज नहोस् भन्ने उदेश्यले सो रकमलाई कोरोनाविरुद्धको अभियानमा प्रदान गरिएको उनले बताए ।

योजना संशोधनका लागि राखिएको सो बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, जिल्ला समन्वय अधिकारी लोक बहादुर सुनार र खरिदार थानेश्वर न्यौपानेको उपस्थिति रहेको थियो । सांसद विकास कोषअन्तर्गतको स्थानीय विकास पूर्वाधार साझेदारी विकास कार्यक्रमको हालसम्म ठेक्का नभएको सबै रकम असार १५ गतेबाट फ्रिज जानेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया