
कोपुण्डोल, असार १९
सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि भन्दै गत वर्ष चैत ११ गते पूर्णरुपमा लकडाउनको घोषणा ग-यो । सोपश्चात् उद्योग धन्दा, कलकारखाना, व्यापार, व्यवसायलगायत सबै सेवा प्रदायक संस्थाहरु बन्द भए ।
यो बीचमा सरकारले लकडाउनको अवधिमा घरभाडा छुट दिनको लागि घरधनीहरुलाई आग्रह समेत ग-यो । तर सरकारले कुनै पनि किसिमको सहुुलियत नदिएको भन्दै घरधनीहरुले भाडामा बस्नेहरुलाई छुुट दिएनन् । एकाधबाहेकका सबैजसो घरभेटीहरुले लकडाउनको समयको पनि भाडा लिए । तर त्यही एकाधमध्येकी एक हुुन् ललितपुरको कोपुण्डोल निवासी ७५ वर्षीया घरभेटी ईश्वरी ढुुंगाना । उनले लकडाउनको अवधिको सहुुलियत दिएको भन्दै आफ्नो घरको भुुइँतल्लामा रहेको एसोसिएट हब ल फर्मलाई तीन महिनाको भाडा छुुट दिएकी छिन् । उनले दिएको यो छुुट प्रतिमहिना ३५ हजारको दरले एक लाख पाँच हजार रुपैयाँ हो ।
पैसा भनेको आउँछ जान्छ । यो महामारीमा सबैको पीडा एउटै हो । ‘मेरो छोरा पनि अमेरिका बस्छ, ल फर्म नै चलाउँछ । त्यहाँ पनि उसले लकडाउनकै कारण लामो समयसम्म कार्यालय बन्द ग-यो । मान्छे जहाँ भए पनि, भूगोल, धर्ती जुुन भए पनि यो महामारीमा सबैले सबैलाई सहयोग गर्नुुपर्छ, मेरो छोराले अमेरिकाबाट पनि यही कुरा भन्छ’, उनले भनिन्, ‘सोहीकारण आफ्नो घरमा भाडामा कार्यालय राख्ने भाइहरुलाई तीन महिनाको भाडा छुुट दिएकी हुँ ।’
अझै पनि यो महामारी कहिलेसम्म चल्छ, थाहा छैन । कहिलेसम्म आमनागरिकको दैनिक जीवन सहज हुुन्छ, त्यो पनि थाहा छैन । उनले भनिन्, ‘भगवानले सुनून्, महामारी छिट्टै अन्त्य होस्, सबैको जीवन पूर्ववत् रुपमा सहज होस् ।’ यो अवस्थामा बाँकी समयको घरभाडा पनि विस्तारै सकेपछि दिनुुहोला भनेको उनले बताइन् ।
ताजा अपडेट
- अर्बपति बिल गेट्ससँग २ लाख ४२ हजार एकड जमिन
- चीनको खानीमा फसेका श्रमिक छ दिनपछि जीवितै रहेको संकेत भेटियो
- चीनले पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर बनायो
- किन घटेन रेमिट्यान्स आय ?
- जनसङ्ख्या व्यवस्थापनमा चुनौती
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अब अनलाइनबाटै ‘अपोइन्टमेन्ट’
- वृज सिमेन्टद्वारा नेपाल स्टारका सिद्धान्त खड्कालाई आवास निर्माणमा सहयोग
- टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- निःशुल्क स्वास्थ्य शिविर
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
तपाईको प्रतिक्रिया