Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधक्रिएसन र कोका–कोलाद्वारा दोस्रो चरणको राहत वितरण

क्रिएसन र कोका–कोलाद्वारा दोस्रो चरणको राहत वितरण


काठमाडौं, असार २५
क्रिएसनले कोका–कोला नेपालको साथमा सफाइकर्मीहरु र उनीहरुको परिवारलाई कोभिड—१९ को नकारात्मक प्रभावबाट सुरक्षित राख्न राहत तथा सुरक्षा सामग्री प्रदान गर्दै चितवनमा दोस्रो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । यो राहत वितरण कार्यक्रम क्रिएसन र कोका–कोला नेपालको जारी सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा हो, जसको लक्ष्य नेपालभरका तीन हजार दुई सय सफाइकर्मीलाई सहयोग गर्ने र जीविकोपार्जनको रक्षा गर्ने रहेको छ । उक्त टोली अहिले अन्तिम चरणको राहत वितरण कार्यक्रमको तयारी गरिरहेको छ, जुन आगामी साता सप्तरी, सिरहा र पर्सा जिल्लामा आयोजना गरिनेछ ।

चितवनमा भएको दोस्रो चरणको वितरणमा छ सय ४० सफाइकर्मीहरु लाभान्वित भएका छन्, जहाँ गुणस्तरीय रासनको पाँच सय २७ प्याकेज, औषधि, जागरुकता सामग्रीहरु र ग्लभ्स, बुट र पीपीईलगायत एक सय १७ सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो । यसका साथै चिकित्स परामर्श र सामान्य स्वच्छता जागरुकता पनि उक्त वितरण कार्यक्रमहरु रत्ननगर र भरतपुरको १५ वटा विभिन्न स्थानहरुमा आयोजना गरिएको थियो, जुन रिसाइक्लर साथी, कवाड व्यवसायी संघ र ग्रीन सिटी वेस्ट म्यानेजमेन्टको सहयोगमा सम्पन्न भएको थियो भने भरतपुर नगरपालिकाकी सहायक मेयर पार्वती शाह ठकुरी र रत्ननगर नगरपालिकाका मेयर नारायण वनको उपस्थिति रहेको थियो । सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट सुरु भएको हो ।

हालसम्म ४५ वटा राहत कार्यक्रम सम्पन्न गरी २ हजार तीन सयभन्दा बढी सफाइकर्मीहरु प्रत्यक्ष लाभान्वित भइसकेका छन् । यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने रासन प्याकेजहरु वितरण गरिएको थियो, जहाँ ११ हजार पाँच सयभन्दा बढी लाभान्वित भइसकेका छन् । यसका साथै छ सयभन्दा बढी रक्षात्मक सामग्री वितरण गर्नुका साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्श पनि प्रदान गरिएको थियो । सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रिसाइकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभसँगको संयुक्त साझेदारी हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया