Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकञ्चनपुरमा साढे ४२ करोेड बेरुजु

कञ्चनपुरमा साढे ४२ करोेड बेरुजु


धनबहादुर जप्रेल
कञ्चनपुर साउन २
कञ्चनपुरमा गत आर्थिक वर्ष २०७६/७७ मा ४२ करोड ५७ लाख ९८ हजार रुपैयाँ बेरुजु देखिएको छ । ९ वटा स्थानीय तह रहेकोे कञ्चनपुरमा सबैभन्दा बढी लालझाडी गाउँपालिकाको बेरुजु देखिएको छ । लालझाडीले ८ दशमलव ८७ प्रतिशत रकम बेरुजु देखाएको छ । उक्त रकम ३ करोड १७ लाख ९२ हजार हो । यस्तै कृष्णपुर नगरपालिकाले ८ दशमलव १० प्रतिशत बेरुजु खर्च गरेको छ । उक्त नगरपालिकाले पाँच करोड ९९ लाख ७२ हजार बेरुजु रकम खर्च गरेको हो ।

यस्तै भीमदत्त नगरपालिकामा छ करोड ६१ लाख ५९ हजार बेरुजु रहेको देखाएको छ । उक्त बेरुजु ३ दशमलव ०३ प्रतिशत रहेको छ । पुनर्वास नगरपालिकामा तीन करोड २० लाख ८६ हजार (३.०९ प्रतिशत), वेदकोट नगरपालिकामा दुई करोड ६९ लाख ५३ हजार (२.२४प्रतिशत), महाकाली नगरपालिकामा चार करोड २७ लाख ३७ हजार (३.९४ प्रतिशत), शुक्लाफाँटा नगरपालिकामा दुई करोड ९२ लाख ३५ हजार (२.४९प्रतिशत), बेलौरी नगरपालिकामा पाँच करोड ९९ लाख ७२ हजार (६ प्रतिशत) र बेल्डाँडी गाउँपालिकामा तीन करोड १७ लाख ९२ हजार (५.८७ प्रतिशत) बेरुजु रहेको छ । कञ्चनपुरका स्थानीय तहहरूले गत वर्ष नियमभन्दा माथि धेरै खर्च गरेका छन् ।

बढीमा ३ प्रतिशतसम्म बेरुजु खर्च हुनु सामान्य मानिने भए पनि कञ्चनपुरका अधिकांश स्थानीय तहहरूले ३ प्रतिशतभन्दा माथि नै बेरुजु खर्च गरेका छन् । वेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले भने ३ प्रतिशतभन्दा कम बेरुजु गरेको पाइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख मणिभद्र न्यौपानेले कञ्चनपुरमा अन्य जिल्लाको तुलनामा कम मात्रै बेरुजु भएको मानिए पनि कमै भने मान्न नसकिने बताए । स्थानीय तहहरूले पारदर्शीरूपमा खर्च गर्न नसक्दा बेरुजु खर्चमा वृद्धि भएको हो 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया