सुवास बस्नेत
दोलखा, पुस ६
विश्व बैंकको आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा दोलखाका चार स्थानीय तहमा करिब चार हजार पाँच सय अस्थायी बिजुली पोल फेर्न सुरु गरिएको छ । जिल्लाको बैतेश्वर, गौरीशंकर, बिगु र जिरी नगरपालिकका दुर्गम गाउँमा रहेका साढे चार हजार बिजुली पोल फेर्न सुरु गरिएको हो ।
विश्व बैंकले आर्थिक लगानी गरेर टिङ्गो चाइनिज गु्रपले साहन इन्जिनियरिङ कम्पनीलाई काम जिम्मा दिएपछि काम सुरु गरेको ठेकेदार मदन थामीले बताए । जिल्लाका चार स्थानीय तहका करिब ४ हजार ५ सय पुराना काठको पोल हटाएर ग्याल्मोनियम गरेर बनाएरको स्टिल पोल राख्ने काम भइरहेको उनले बताए ।
जिल्लाको बैतेश्वर गाउँपालिकाभित्रका रहेका अस्थायी काठका बिजुलीको पोलको ठाउँमा साढे दुई सय ग्याल्मोनियम गरेर बनाएको स्टिलको पोल फेर्न थालिएको छ । करिब १४ वर्षअघि बैतेश्वर गाउँपालिकाभित्रका सडकको पहुँच नपुगेका १ हजार ५ सय घर परिवारले तीन सय अस्थायी काठका बिजुली पोलबाट विद्युत्को उपभोग गर्दै आएका थिए ।
स्थानीय सरकारको पहल र विद्युत् प्राधिकरणको सहजीकरणमा विश्व बैंकले आर्थिक लगानी गरेर अहिले जोखिमयुक्त अस्थायी पोल फेर्ने काम भटाभट सुरु गरिएको बैतेश्वर गाउँपालिकका अध्यक्ष छवि लामाले जानकारी दिए । करिब ६० सालबाट विद्युत्को उपभोग गर्न पाएका जिल्लाका विभिन्न भागमा अहिले नयाँ बिजुली पोल राख्ने काम खुरुखुरु भइरहेको छ । स्थानीयले तराईबाट आएका काठको सिसौ र अग्राख जातको काठबाट नाग्गो तार तानेर विद्युत्को उपभोग गर्दै आएका थिए ।
बैतेश्वर गाउँपालिकाको वडा १,२ र ३ वडाका लागि करिब ४ सय पोल चार नम्बर वडाको बगर हुँदै नयाँ केबलसहित पोल विस्तार गर्न लागिएको ३ नम्बर वडाका वडा सदस्य मनिक तामाङले जानकारी दिए । जोखिम मोलेर अस्थायी काठको पोलबाट विद्युत् बाल्दै आएका स्थानीय स्टिलको पोल राखिदिएकोमा खुसी भएको स्थानीय किरण दाहालले बताए । साथै विद्युत् प्राधिकरणले मैनापोखरी बजारमा सबस्टेसन राख्ने तयारी समेत गरेको जानकारी दिएको छ । सबस्टेसन राख्न करिब आठ रोपनी जग्गाको छनोट गरेको प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया