फोक्सिङटार पुल : म्याद गुज्रेको छ महिना बित्यो, दायाँबायाँ पिल्लरै ठडिएन
खेमराज अधिकारी
खोटाङ, पुस ६
खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोशीको पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने निर्धारित समयावधि नाघेको छ महिना बितिसक्दा पनि दायाँबायाँ पिल्लर ठड्याउने काम समेत पूरा भएको छैन । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डअन्तर्गत पर्ने खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी पुल निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण दुई किनारको पिल्लर ठड्याउने काम समेत अधूरै रहेको हो ।
२०७३ चैत २४ गतेसम्म पूरा गर्ने गरी २०६९ चैत २३ गते ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै २०७३ कात्तिकमा पुनः डिजाइन परिवर्तन गरेर निर्माण सुरु गरिएको पुलको निर्धारित म्याद २०७५ चैतमै गुज्रिसकेको छ । म्याद गुज्रेको करिब छ महिना बितिसक्दा हाल पुलको प्रगति ३० प्रतिशत मात्र रहेको छ । काम सम्पन्न नगरी ठेकेदारले पुल निर्माण सक्नुपर्ने निर्धारित सम्झौता अवधि गुजारेपछि पुनः म्याद थपका लागि सडक विभाग हुँदै मन्त्रालयमा कुरा पुगिसकेको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का आयोजना प्रमुख कैलाश साहले बताए ।
करिब १९ करोड ६० लाखमा पूरा गर्ने गरी गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको ‘आर्क’ डिजाइनको पुल निर्माणमा चरम ढिलासुस्ती भएपछि उक्त ठेकेदार कम्पनीको जिल्लामा व्यापक अलोचना हुने गरेको छ । जिल्लाको महत्वपूर्ण नाकामा पर्ने पुल निर्माणले पुर्णता नपाउँदा सो सडकखण्ड वर्षौँदेखि बेलिब्रिजको भरमा सञ्चालन हुने गरेको छ । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले २०७५ साल कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न गृहमन्त्रीसमक्ष लिखित निवेदन दिएका थिए ।
सडक विभाग र ठेकेदार कम्पनीको तत्कालीन सम्झौताअनुसार २०७५ चैत २० गतेभित्र नै पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो तर हाल सम्झौता अवधि गुज्रेको सात महिना बित्दा समेत दुई किनाराका पिल्लर उठाउने कामले समेत पूर्णता पाउनसकेको छैन । दुवैतर्फका किनारमा ११.८८ मिटर उचाइको पिलर उठाउनुपर्नेमा हालसम्म दुवै पिलरको ९.३८ मिटर भाग मात्र उठाइएको छ । ठेकेदार कम्पनीले यसअघि नै छ करोड ६६ लाख भुक्तानीसमेत लगिसकेको पुल योजना सेक्टर–१ सुनसरीले स्रोतले बताएको छ । खोटाङ–उदयपुर जोड्ने तथा तराईका अन्य जिल्लामा आवतजावत गर्न छोटो दूरीको मानिएको दिक्तेल–गाईघाट सडकमा समयमै पुल निर्माण सम्पन्न हुन नसक्दा सो सडक खण्ड हिउँदभर सञ्चालन भए पनि वर्षा लागेसँगै बन्द हुने गरेको छ ।
दिक्तेल गाईघाट सडक बन्द भएपछि अन्य लामा दूरीका रुटहरुबाट यात्रु आवतजावत तथा मालसामानहरु ढुवानी गर्नुपर्ने बाध्यताले जिल्लामा यात्रु तथा ढुवानी खर्च समेत महंगो पर्ने गरेको छ । पुल निर्माणमा ठेकेदारको ढिलासुस्ती कायमै रहे वर्षौँसम्म बेलीब्रिजकै भर पर्नुपर्ने जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया