Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाउने दुई जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाउने दुई जना पक्राउ


विराटनगर, साउन ८
विदेश पठाइदिन्छु भन्दै रकम लिएर नेपालीहरूलाई बन्धक बनाउने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका ९ का उद्धव घतानी र झापा मेची नगरपालिका १० बस्ने गोरे भन्ने नरबहादुर श्रेष्ठ रहेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी एक लाख ६० हजार रूपैयाँ र एक हजार अमेरिकी डलरसमेत लिई दुबई हुँदै लिबियाको त्रिपोली पु-याएर बन्धक बनाएका थिए । २०७५ भदौ महिनादेखि २०७६ साउन ८ गतेसम्म बन्धक बनाई राखेको घटनाको अनुसन्धान गर्न व्यूरोबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

साथै श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पु-याई एक अपार्टमेन्टमा बन्धक बनाउने कार्यमा संलग्न रहेको भन्दै बुधबार पक्राउ गरेको हो । श्रेष्ठलाई व्यूरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका १० स्थित उनकै घरबाट पक्राउ गरेको हो । नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाई राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल फर्काइएको थियो । दुवै जनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जानकारी दिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया