Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु

भीरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु


दोलखा, साउन १४
दोलखाको विगु गाउँपालिका–४ लादुकको सिंगटीमा मंगलबार बिहान घरमाथिको भीरबाट खसेको ढुङ्गाले लागेर घरभित्रै काम गरिरहेकी एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान करिब साढे ८ बजे करिब पाँच सय मिटर माथिको भीरबाट खसेको ढुङ्गाले लागेर घाइते भएकी ३५ वर्षीया रेणु थामीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढुङ्गाले लाग्दा घरको जस्तापाता र ढुङ्गाको गाह्रो ढलेर सोही गाह्रोले च्यापिएर घाइते भएकी थामीको प्राथमिक अस्पताल चरीकोट ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । मृतक थामीको टाउकोपछाडि र दाहिने घुँडामुनि चोट लागेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया