Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजागिर लगाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

जागिर लगाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं, साउन १४
जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा सर्लाही मलङ्गवा नगरपालिका ८ घर भएका ४७ वर्षीय जितेन्द्र मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाइदिने भन्दै हिँड्ने मण्डललाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरस्थित कल्पना होटल एण्ड गेष्ट हाउसबाट उक्त कार्यालयको नक्कली परिचयपत्रसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया