Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसेलपेको वार्षिकोत्सव अफर

सेलपेको वार्षिकोत्सव अफर


काठमाडौं, साउन १५
सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनिभर्सरी अफर लिएर आएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले शुक्रबार सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकतम एक हजार रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् । यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा एक सय सेकेण्डभित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् ।

सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ खुसी बाँड्नको लागि यस अफरको सुरुवात गरिएको कम्पनीले जनाएको छ । सेलपेद्धारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोभिड–१९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबार लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया