Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुनको मूर्ति भनी ठगी गर्ने पक्राउ

सुनको मूर्ति भनी ठगी गर्ने पक्राउ


काठमाडौं, साउन १६
सुनको बुद्धमूर्ति बिक्री गर्ने भनी ठगी गर्ने २ जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका ८ बस्ने २१ वर्षीय अनिल बानियाँ र रामेछाप मन्थली नगरपालिका २ घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

आफूहरूसँग आधा किलो सुनसहितको गौतम बुद्धको मूर्ति रहेको र किन्ने भए २० लाख रूपैयाँमा बेच्छौँ भनी नगद १४ लाख रूपैयाँ समेत लिई फरार रहेका उनीहरूलाई नगद एक लाख ९५ हजार रूपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसरपठाईएको उक्त महाशाखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया