Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबेलौरी नगरपालिकाले ग-यो कोरोना नियन्त्रणमा दुई करोड बढी खर्च

बेलौरी नगरपालिकाले ग-यो कोरोना नियन्त्रणमा दुई करोड बढी खर्च


धनबहादुर जप्रेल
कञ्चनपुर, साउन १६
कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा गरेको खर्च सार्वजनिक गरेको छ । नगरपालिकाले बिहीबार चैतदेखि असार मसान्तसम्मको खर्च सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खर्चअनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा जम्मा दुई करोड १० लाख ८४ हजार खर्च गरिएको छ । बेलौरीमा सबैभन्दा बढी खाद्यान्नमा खर्च गरिएको पाइएको छ । नगरपालिकाले खाद्यान्नमा ६२ लाख २५ हजार खर्च गरेको जनाएको छ । त्यसपछि स्वास्थ्य सामग्री खरिद र क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिएको छ ।

नगरपालिकाले सार्वजनिक विवरणअनुसार स्वास्थ्य सामग्री खरिदमा ५३ लाख र क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनमा ३३ लाख बढी खर्च गरिएको छ । यसैगरी नगरपालिकाले विद्युतीय सामग्री खरिद र जडान, सशस्त्र पोष्ट निर्माण, सरसफाई, इन्धन, साइकल खरिद, कर्मचारी विशेष भत्ता, सञ्चार, ढुवानीलगायतमा खर्च गरिएको छ । नगरपालिका सबै ११ वडामा एक करोड २४ लाख खर्च भएको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया