Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘अब देशमै छ रोजगारी’ अभियान सुरु

‘अब देशमै छ रोजगारी’ अभियान सुरु


काठमाडौं, साउन १६
रोजगारी सर्भिस प्रालि र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप)को पहलमा ‘अब देशमै छ रोजगारी’ अभियान सुरु भएको छ । अभियानको अर्थमन्त्री डा. युवराज खतिवडाले एक भर्चुअल कार्यक्रममार्फत सार्वजानिक गरेको हुन् । उक्त कार्यक्रममा उद्योगी, स्किलिङ इकोसिस्टम सरोकारवालाहरु, दाता तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यो अभियान प्रवासी पुनरागमनहरु र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समूहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन सुरु गरिएको बताईएको छ ।

अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले यस्ता बजार नेतृत्व स्किलिङ पहलहरुले रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको भन्दै उनले यसले उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्ने बताए । कोभिड—१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाखभन्दा बढी रोजगारी सृजना गर्नु आवश्यक छ ।

कार्यक्रममा युकेएड सीपका टिम लिडर बलजीत बोहोराले आफुहरुको लक्ष्य नेपालको मानव पुँजीलाई उनीहरुको जीवन र जीविकोपार्जन संरक्षण गर्दै यसको लाभ उठाउनु रहेको बताए । रोजगारी सर्भिसले आफ्नो प्ल्याटफर्महरु–वेवसाइट, मोबाइल एपलिकेसन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पंजीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्किलिंग, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पु-याउन सहकार्य गर्नेछ ।

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्र राज गिरीले ‘अब देशमै छ रोजगारी अभियान’ र युकेएड सीप र अन्यसंगको सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत र लागि रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पु¥याउन सामूहिक उत्प्रेरित गर्न सक्ने बताए । कार्यक्रममा श्रीनगर अग्रो फार्मकी मौशमी श्रेष्ठले नेपालमा पर्याप्त रोजगारी र उद्यमशीलता सम्भावना रहेको बताईन् । उनले कृषिमा मात्र नभई हस्तकला, कपडा, निर्माण क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । कार्यक्रममा पवन गोल्यान, विष्णु अग्रवाल, रचना थापा र शेखर गोल्छाले देशमा स्किलिंग, रोजगारी सृजना र उद्यमशीलताका लागि उद्योग नेतृत्व सहलगानी मोडल र सहकार्यको महत्वलाई प्रकाश पारेका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया