Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचालू आर्थिक वर्षमा नगरपालिकाले २९ वटा भवन निर्माण गर्ने

चालू आर्थिक वर्षमा नगरपालिकाले २९ वटा भवन निर्माण गर्ने


खोटाङ, पुुस ७
जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपलिकाले चालू आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाभित्र विभिन्न २९ वटा भवन निर्माण गर्नेभएको छ । नगरप्रमुख दिपनारायण रिजालले यस आर्थिक वर्षमा ११ वटा वडा कार्यालय भवन, १५ वटा विद्यालय भवन र तीनवटा स्वास्थ्य चौकीको भवन निर्माण गरिने जानकारी दिए ।नगरपालिकाभित्र रहेका कतिपय विद्यालयमा भौतिक पूर्वाधार अभावले विद्यालयको अवस्था नाजुक रहेकोले यस आर्थिक वर्षभित्रमा निर्माण गर्ने लक्ष्य रहेको रिजालले बताएका छन् । आफ्नै भवन अभावमा कतिपय वडा कार्यालयहरू भाडाको घरबाट सञ्चालित भइरहेको र कतिपय वडा कार्यालयको भौतिक संरचना पुरानो र जीर्ण रहेकोले नगरपालिकाका १५ वडामध्ये ११ वटा वडा कार्यालयको भवन निर्माण प्रकृया तत्काल अगाडि बढाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आर्गानिक नगर बनाउने नगरपालिकाको अभियानअन्तर्गत नगरपालिकामा चाँडै प्राङ्गारिक मलको उत्पादन थाल्ने बताइएको छ । प्राङ्गारिक मल उत्पादनका लागि नगरपालिकाको वडा नम्बर २ सोल्मामा निर्माणाधीन तीन करोड ३२ लाख लागतको आयोजनाको काम अन्तिम चरणमा पुगिसकेकोले प्राङ्गारिक मल उत्पादन गर्दै नगरपालिकालाई रासायनिक मल र विषादीमुक्त नगर बनाउन रासायनिक मलका लागि नगरको तर्फबाट कुनै किसिमको अनुदान या सिफारिससमेत नगरिने नगरपालिकाको भनाइ रहेको छ ।

यस्तै ‘नेपाल भ्रमण वर्ष २०२०’लाई पूर्णरूपमा सफल बनाउन सन २०२० को सुरुवातका दिन अथवा एक जनवरीका दिन दिक्तेल बजारको जिरो प्वाइन्ट किराँत चोकमा निर्मित प्रवेशद्वार उद्घाटन गरेर व्यापक प्रचारप्रसारको काम सुरुवात गर्ने, पर्यटन प्रवर्द्धन गर्न खोटाङ उद्योग वाणिज्य संघको सहकार्यमा ऐतिहासिक प्रथम खोटाङ महोत्सवको आयोजना गर्न लागिएको र १६ करोडको लागतमा जिल्ला सदरमुकामको दिक्तेल बजार क्षेत्रभित्रको सडक स्तरोन्नतिको कामसमेत सुरु गरिने नगरपालिकाकाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया