Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबुटवल धागो कारखानामा सिस्टर रोबोट हस्तान्तरण

बुटवल धागो कारखानामा सिस्टर रोबोट हस्तान्तरण


काठमाडौं, साउन २१
रोबोटिक्स एसोसिएसन अफ नेपालले बुटवल धागो कारखानामा सिस्टर रोबोट हस्तान्तरण गरेको छ । सातवटा रोबोटको विकास गरिसकेको सिस्टर रोबोटको विकास टोलीले मंगलबार उक्त रोबोट हस्तान्तरण गरेको हो । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) नेपाल र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)को आर्थिक सहयोगमा बुटवल धागो कारखानालाई सिस्टर रोबोट गरिएको बताइएको छ ।

यूएनडीपी नेपालले यूएनडीपी एक्सेलेटर ल्याबमार्फत वित्तीय सहयोग प्रदान गरिरहेको छ, जसले स्थानीय उत्पादनहरू, स्थानीय स्रोतहरू, घरेलु समाधानहरू र युवा टेक्नोप्रेनरलाई बढावा दिन्छ । सोहीअनुसार यूएनडीपीले दुईवटा सिस्टर रोबोट बनाउनको लागि आर्थिक सहयोग गरेको हो । रिकास्टले पाँचवटा रोबोट निर्माण गर्न चार लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सिस्टर रोबोटको निर्माणपश्चात् त्यस रोबोटलाई टेकु अस्पताल, हेटौंडा प्रादेशिक अस्पताल, एपीएफ अस्पतालमा हस्तान्तरण गरिसकेको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल, कान्तिवीर, ओज्टेक तथा रोबोनट्सले गत चैत ३० गते खाना तथा औषधि बोक्ने रोबोट– सिस्टर रोबोटको पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापूर्वक सम्पन्न गरेको थियो ।

सिस्टर रोबोट ३०० देखि ५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिनेछ । यस रोबोटमा जडित क्यामराले कोरोना बिरामीको स्वास्थ्य अवस्था निरीक्षण गर्न सकिनेछ । कोभिड–१९ संक्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न, यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्न र फोहोर व्यवस्थापनका निमित्त रोबोटमा राखिएको डस्टबिनको प्रयोग गर्न सकिन्छ ।

विकासकर्ता टोलीले हेटौँडा प्रादेशिक अस्पतालमा आफ्नो पहिलो सिस्टर रोबोट वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरिसकेको छ । पहिलो सिस्टर रोबोटको निर्माणको लागि नेपाल इन्जिनियर्स एसोसिएसनले आर्थिक सहयोग गरेको थियो । त्यस्तै दोस्रो सिस्टर रोबोट सशस्त्र प्रहरी बल विशेष अस्पताललाई दुई लाख मूल्यमा बेचिएको थियो, जसमा व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को ८६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग रहेको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया