Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधइन्ता अटायर बुटिकमा फेस्टिवल अफर सुरु

इन्ता अटायर बुटिकमा फेस्टिवल अफर सुरु


काठमाडौं, साउन २५
काठमाडौंको माछापोखरीमा अवस्थित ‘इन्ता अटायर’ सेलेब्रेटीदेखि सर्वसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ । विभिन्न क्षेत्रमा संलग्न व्यक्तिदेखि सर्वसाधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकी इन्ता श्रेष्ठले हरितालिका तीज, दशैँ तथा तिहारको लागि विशेष छुट अफर लिएर आएकी छिन् । फेसन डिजाइनर इन्ता श्रेष्ठले हरेक उमेर समूहका महिला तथा पुरुषहरुको ड्रेस डिजाइन गरी आफ्नो बुटिकमार्फत सेवा सुविधा प्रदान गर्दै आएकी छिन् ।

नेपालमा अहिले मानिसको फेसनप्रतिको मोह बढ्दै गएको छ, विकसित मुलुकहरूमा बुटिक व्यवसाय सामान्य बने पनि नेपालमा भने भर्खरै मात्र यो व्यवसाय फस्टाउन थालेको पाइन्छ । विगत केही वर्षयता यो व्यवसायले धेरैलाई आकर्षित गरेको छ । रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई बुटिक व्यवसायले नेपालमै स्वरोजगार बनाएको श्रेष्ठ बताउँछिन् । बुटिक, डिजाइनरको कलालाई ड्रेसमार्फत देखाइने भएकाले बुटिकमा बनेका कपडा कलात्मक र आकर्षक हुन्छन् । त्यसैले पनि बुटिक क्रेज बढ्दो छ । विगत १ वर्षदेखि सञ्चालनमा आएको ‘इन्ता अटायर बुटिक’ आईईसी सर्टिफाइड बुटिक भएको जानकारी श्रेष्ठले गराएकी छिन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया