Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधनुषाका ३९ जनासहित प्रदेश २ मा एक सय १० जनामा कोरोना

धनुषाका ३९ जनासहित प्रदेश २ मा एक सय १० जनामा कोरोना


बटुुकनाथ झा
जनकपुरधाम, साउन २६
धनुषाका ३९ जनासहित प्रदेश २ मा एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश २ का विभिन्न जिल्लामा गरी एक सय १० जनामा संक्रमण देखिएको हो । धनुषामा संक्रमण पुष्टि भएका ३९ जनामध्ये २० जना जनकपुरधाम उपमहानगरपालिकाका रहेका छन् । जनकपुरधाम उपमहानगरपालिको २० जनामध्येमा प्रादेशिक अस्पतालका एक चिकित्सकसहित छ जना, मुख्यमन्त्री कार्यालयका चार जना, विश्व स्वास्थ्य संगठनमा कार्यरत एक कर्मचारी र ९ जना अन्य स्थानीय रहेका छन् ।

यसैगरी धनुषाकै धनौजी गाउँपालिकाकी एक महिला र ११ पुरुषसहित १२ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । लक्ष्मीनिया गाउँपालिकाको बनिनियाँका २, धनुषाधाम नगरपालिकाका १ र ठाउँ नखुलेको चार जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसैगरी महोत्तरीको जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, बर्दिवास नगरपालिका, सीतापुर भंगहा, कजरा रमौल र ठाउँ नखुलेका १÷१ तथा औरही नगरपालिकाका १० गरी २१ जनामा संक्रमण पुष्टि भएको छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिकाका १, खड्क नगरपालिकाका ४ र राजविराज नगरपालिकाका ७ जनामा पनि संक्रमण देखिएको छ । यसैगरी रौतहटको बौधीमाई नगरपालिका, कटहरिया नगरपालिका, गुजरा नगरपालिका र ठाउँ नखुलेको १–१ जनामा संक्रमण पुष्टि भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका १, पचरौता नगरपालिकाका ८ र ठाउँ नखुलेको १४ जनामा संक्रमण पुष्टि भएको छ ।

सिरहाको चोहर्वा, लहान नगरपालिका र ठाउँ नखुलेको एक–एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पर्साको वीरगञ्ज महानगरपालिकाका २ र ठाउँ नखुलेको तीन जना तथा सर्लाहीको बसन्तपुर, सोहनपुर र ठाउँ नखुलेको एक–एक जनामा संक्रमण पुष्टि भएको छ । जनकपुरको निषेधाज्ञा साउन ३२ गतेसम्म लम्बियो

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाले सात दिनका लागि लगाइएको निषेधाज्ञालाई थप ७ दिनको लागि थप गर्दै साउन ३२ गतेसम्म पु-याएको छ । प्रशासन कार्यालय धनुषामा आइतबार बसेको सुरक्षा समितिको बैठकले थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थपिएको हो । बैठकमा जनकपुरका उद्योग वाणिज्य संघको समेत पदाधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा प्रतिनिधित्व गरेका उद्योगी/व्यवसायीको प्रतिनिधिहरूले कोरोनाको संक्रमणको वर्तमान अवस्थालाई मध्नयनगर गर्दै पसल तथा व्यवसाय साउनभरि नै नखोल्ने निर्णयमा सहमति जनाएका हुन् । साथै बैठकले जनकपुरको दशरथ तलाउको उत्तरी डिलमा रहेको यात्रीनिवासलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । यसैगरी बैंक तथा वितिय संस्थाहरू भने सिफ्टवाइज खोल्ने निर्णय गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया