Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसवारी दुर्घटना : एक वर्षमा १२ जनाको मृत्यु

सवारी दुर्घटना : एक वर्षमा १२ जनाको मृत्यु


सुबास बस्नेत
दोलखा, साउन २७
दोलखामा सवारी दुर्घटनामा परेर वर्षेनी दर्जन बढी मानिसले ज्यान गुमाउने गरेका छन् । जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय दोलखाको वार्षिक प्रतिवेदनअनुसार सवारी दुर्घटना परेर सात जना पुरुष, दुई जना महिला र तीन जना बालबालिकाको मृत्यु भएको हो । गत आर्थिक वर्षमा ३५ वटा सवारी दुर्घटनामा परेका छन् ।

कार्यालयको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा पाँचवटा सार्वजनिक बस, नौवटा ट्रक, पाँचवटा जिप, ११ वटा बोलेरो/सुमो, तीनवटा ट्र्याक्टर र दुईवटा जेसीबी दुर्घटनामा परेका हुन् । गत आर्थिक वर्षको दोस्रो महिना भदौमा सबैभन्दा बढी सातवटा सवारी दुर्घटनामा परेका छन् । तथ्यांकअनुसार सबैभन्दा कम असारमा एउटा मात्र सवारी दुर्घटना परेको छ । त्यसैगरी ३५ वटा सवारी दुर्घटना परेर २६ जना सख्त घाइते भएका छन् भने २४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया