Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबझाङमा फेरि भरिन थाले क्वारेन्टाइन

बझाङमा फेरि भरिन थाले क्वारेन्टाइन


आशिष बहादुर सिंह
बझाङ, साउन ३०
जिल्लामा केही दिनअघि क्वारेन्टाइनमा बस्नेको संख्या क्रमशः घट्दै गएको थियो । तर भारतमा रोजगारी गुमाएर नेपाल फर्किने मानिसको संख्या बढेपछि बझाङका विभिन्न स्थानका क्वारेन्टाइन फेरि भरिन थालेका छन् ।

भारतमा कोरोना संक्रमणले भयावह रूप लिन थालेपछि धेरैजसो जिल्लावासीहरू रोजगार गुमाएर गाउँ फर्किने क्रममा क्वारेन्टाइनमा बस्न थालेका हुन् । भारतमा तलब पाउने समय १ तारिकदेखि १५ तारिकसम्म भएकाले धेरैजसो तलब बुझेर घर फर्कन थालेको केदारस्युँका सुरेश धामीले बताए । उनका अनुसार अस्पतालले बिरामी चेक समेत नगर्ने, साहुहरूले तलब घटाउने र जागिरबाट निकाल्ने क्रम बढेपछि जिल्ला भित्रिने क्रम बढेको हो । अन्य बिरामी भए पनि भारतका अस्पताल चेकजाँच गर्न मान्दैनन्, तलब पनि घट्यो, घटेको तलब पनि दिन नमानेपछि नेपाल फर्किनुपरेको राजु सिंहले बताए ।

‘परदेशमा तड्पेर बाँच्नुभन्दा आफ्नै गाउँघर सुखदुःख गरौँला भनेर फर्कियौँ’, छबीसपाथिभेरा ७ का कटक धामीले भने । बझाङमा साउन २१ अर्थात् अगष्ट ५ तारिकदेखि बुधबारसम्म जिल्ला भित्रिनेको संख्या पाँच सय ९६ रहेको छ, जसमा भारतबाट मात्रै यो अवधिमा पाँच सय २२ जना विभिन्न क्वारेन्टाइनमा थपिएका छन् । बुधबार ८५ जना थप भएसँगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ७७ पुगेको छ ।

हाल क्वारेन्टाइनमा थपिने र डिस्चार्ज भएर घर फर्किनेको संख्या बराबरी रहेको छ । अहिले सबैभन्दा बढी केदारस्युँ गाउँपालिकामा एक सय ८१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । यस्तै जिल्लाभरका स्थानीय तहले व्यवस्थापन गरेका आइसोलेसनमा हाल ६१ जना बसिरहेका छन् । आइसोलेसनमा बस्ने संख्या पनि केदारस्युँ गाउँपालिकामा नै बढी रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया