Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपहिरोपीडित २२ घरपरिवारलाई खाद्यान्न सामग्री

पहिरोपीडित २२ घरपरिवारलाई खाद्यान्न सामग्री


काठमाडौं, साउन ३०
दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकाका पहिरो पीडित २२ घरधूरीलाई प्रेम–पूर्ण–प्रताप फाउन्डेसन नेपाल दोलखाले खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । गौरीशंकर गाउँपालिका वडा नं. ८ टुनिटारका ७ घरपरिवार र सोही गाउँपालिका ६, ७, ८ का अन्य १५ घरपरिवार गरी २२ घर परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको फाउन्डेसनका कार्यवाहक अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।

फाउण्डेसनले बुधबार प्रतिपरिवार एक बोरा चामल, दाल, दुई लिटर तेल, चिनी, चियापती, साबुनलगायतका दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको हो । फाउन्डेसनकी संरक्षक पद्मा प्रधानले उक्त सामग्री वितरणको लागि आर्थिक सहयोग गरेकी हुन् । उनले नेपालका विभिन्न जिल्लाहरुमा बाढीपीडित, मिर्गौला पीडित, शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया