महेन्द्र शाही
सोलुखुम्बु, पुस ८
चिसो बढ्न थालेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक फर्कन थालेका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहण तथा मनोरम दृश्यको अवलोकन गर्न आएका विदेशी पर्यटक अत्यधिक चिसोका कारण फर्कन थालेका हुन् । पर्यटक फर्कन थालेसँगै खुम्बुक्षेत्र सुनसान देखिन थालेको लुक्लाका तोया श्रेष्ठले बताए । अहिले तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा फर्कने पर्यटकको उपस्थिति बाक्लो हुँदै गएको नागरिक उड्ड्यन कार्यालय लुक्लाले जनाएको छ ।
केही समय अघिसम्म खुम्बु क्षेत्र आउने पर्यटकको चाप हुने भए पनि अहिले पर्यटक पनि नआउने र व्यवसायी पनि खुम्बुबाट बाहिर गइसकेका छन् । सिजनमा पर्यटकको नाम दर्ता गर्न भ्याइनभ्याइ हुने सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार जोरसल्लेका कर्मचारीसमेत अहिले फुर्सदिला बनेका छन् ।
पर्यटक सूचना केन्द्रसमेत रहेको जोरसल्लेमा सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको अनिवार्य अभिलेख राख्दै उच्च हिमाली क्षेत्रमा जाँदा ध्यान दिइनु पर्नेलगायतका विषयमा जानकारी गराइन्छ । त्यस्तै, बढ्दो चिसोका कारण पर्यटक आउन छाडेपछि खुम्बुका होटल व्यवसायी जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा जान थालेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकले होटल मजदुरलाई घर जिम्मा लगाएर अन्यन्त्र हिँडेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
- सन्दर्भ पार्टी परित्याग : सम्बन्धित सबैको होस खोल्ने नै छ
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया