Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रदेश २ कोरोनाको ‘हटस्पट’ बन्दै

प्रदेश २ कोरोनाको ‘हटस्पट’ बन्दै


जनकपुरधाम, भदौ
देशमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै प्रदेश नं. २ मा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । देशमा बुधबार देखिएका कोरोना संक्रमितको संख्याको आधा भन्दाबढी प्रदेश नं. २ मा नै देखिएको छ । प्रदेश २ मा पछिल्लो २४ घण्टामा तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । यससँगै यहाँ संक्रमितको संख्या सात हजार आठ सय ८३ पुगेको छ । बुधबार सबैभन्दा बढी पर्सामा एक सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाहीमा ८९, रौतहटमा ३७, धनुषामा २७, बारामा २४, महोत्तरीमा ९ र सप्तरीमा १ जनामा कोरोनाको नयाँ संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाको कारण बुधबार यस प्रदेशमा ३ जनाको मृत्यु भएको छ । पर्सा जिल्लाको ६० वर्षीय र ८६ वर्षीय पुरुष तथा ४० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६ जना निको भएर आफ्नो घर फर्केका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया