Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवेबसाइट तीन वर्षसम्म पनि अद्यावधिक भएन

वेबसाइट तीन वर्षसम्म पनि अद्यावधिक भएन


सोलुखुम्बु, पुस ९
स्थानीय तह पुनः संरचना भएको करिब ३ वर्ष पुगेको भए पनि सरकारी कार्यालय जिल्ला समन्वय समितिको वेबसाइट भने अद्याावधिक गरिएको छैन । नयाँ संरचनाअनुसार तत्कालीन जिल्ला विकास समितिको नामसहितको संरचना परिर्वतन भएर जिल्ला समन्वय समिति बनेको छ । उक्त वेबसाइटमा नाम परिवर्तन भएको भए पनि तथ्याङ्क भने जिल्ला विकास समितिकै पाइने गरेको स्थानीयको गुनासो समेत रहेको छ । अहिले पनि जिल्ला समन्वय समितिको वेबसाइटमा आर्थिक वर्ष २०७२-०७३ अन्तिम लेखा परीक्षण गर्नेसम्बन्धी सूचना राखिएको छ भने त्यस्तै जिल्ला विकास समितिको कार्यालयको अत्यन्तै जरुरी सूचना समेत देखिन्छ ।

जब जिल्ला समन्वय समिति गठन भएको नै ३ वर्षभन्दा बढी समय भइसकेको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुका समन्वय अधिकारी गोपालप्रसाद रेग्मीसँग भदौ महिनामा कुरा गर्दा १५ दिनमा वेबसाइट अद्यावधिक गरिसक्ने बताएको भए पनि ४ महिना बितिसक्दा समेत कुनै प्रगति हुन सकेको छैन । उक्त वेबसाइट हेर्दा जिल्ला विकास अधिकारी भनेर कृष्णप्रसाद सापकोटाको नाम देखिन्छ तर देवकोटाभन्दा पछि दुई जना समनव्य अधिकारी परिवर्तन भइसकेको अवस्था छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया