Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाभन्दा भोको पेटको चिन्ता

कोरोनाभन्दा भोको पेटको चिन्ता


जिएम यादव
बाँके, भदौ २३
बाँकेको नेपालगन्ज उपमहानगरपालिका –४ का एक युवकले सामाजिक सन्जाल फेसबुकमा लेखे, –‘लकडाउनले होटलमा गर्दै आएको जागिर गयो । प्लिज कतै जब भेटिए भन्नुहोला ।’ उनको स्टाटसमा कमेन्ट गर्नेहरू अधिकांशको पीडा पनि ती युवकजस्तै थियो । धेरैले जागिर गुमाएको भन्दै अब के गर्ने होला भन्ने अन्यौलग्रस्त प्रश्न तेर्साइरहेका थिए । सामाजिक सन्जालमा यसरी जागिरको खोजी गर्नेको संख्या अधिक छ । जागिर गुमाउँदाका पीडा र व्याथा भनीसाध्य छैन् ।

परिवारका ६ जना सदस्यसहित नेपालगञ्ज–७ मा डेरा गरी बस्ने अर्का एक युवक भने, ‘पाँच महिना जसोतसो काटियो । अब त छाक टार्नै मुस्किल भइसक्यो ।’ शिक्षण पेसामा निर्भर उनको लकडाउन यता आम्दानी शून्य छ । ‘आज खुल्ला, भोलि खुल्ला भन्दाभन्दै यतिका महिना बित्यो । अब त बस्नै नसकिने भयो’, उनले भने । लकडाउनका कारण पर्यटन, यातायात, शिक्षणजस्ता क्षेत्र सबैभन्दा बढी प्रभावित छन् । बाँकेमा मात्र यी क्षेत्रमा सयौं जना निर्भर थिए ।

सबैभन्दा धेरै रोजगारी दिने क्षेत्र नै लकडाउनमा सबैभन्दा धेरै प्रभावित भएपछि बेरोजगार हुनेको संख्या अत्याधिक भएको हो । कामविहीन भएपछि धेरैलाई मानसिक तनावले झेलिरहेको छ । महामारी फैलिएसँगै देशभित्र र विदेशमा रहेका थुप्रै नेपाली बेरोजगार बनेका छन्, जसका लागि झन्डै १० लाख रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन्छ । यस अवधिमा थुप्रै उद्योग, व्यवसाय, अफिसहरू बन्द हुनपुगे । अझै पनि पर्यटन क्षेत्र सम्बद्ध व्यापार, व्यवसाय र अफिसहरू सञ्चालनमा आउन सकेका छैनन् । कोरोना भाइरसका कारण ११ चैतमा मुलुक लकडाउन भएसँगै हजारौँ मानिस बेरोजगार बने । पाँच महिनाभन्दा बढी बन्दाबन्दीमा कतिले जागिर गुमाए भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन ।

कोरोना महामारीका कारण भारतबाट केही महिना अगाडि स्वदेश फर्केका युवाहरू कोरोना कहरकैबीच फेरि भारत नै फर्किन बाध्य भइरहेका छन् । यतिखेर नेपालभारत नाकामा भारत गएर काम गर्ने आशा लिएर बाहिरने युवाहरूको लर्काे लाग्ने गरेको छ । ‘घरमा भएको अन्नपात सकिएकोले गाउँमा बस्नसक्ने अवस्था रहेन ।

भारत जानुको विकल्प भएन,’ नेपाल–भारत सीमा नाका जमुनहामा शुक्रवार बिहान भेटिएका वीरेन्द्रनगर नगरपालिका–२, का महेन्द्र बुढाले भने । उनी भारतको गुजरात जानका लागि सुर्खेतबाट नेपालगन्ज नाका आएका हुन् । गुजरातमा चौकीदारीको काम गर्ने उनी पाँच दिन लगाएर नेपाल आएका थिए । भारतले लकडाउन गरेपछि काम नपाएर उनी नेपाल आए ।

गुजरातबाट बल्लतल्ल नेपालगन्ज नाकामा आएका उनले सुर्खेत जान पनि ठूलै संघर्ष गर्न परेको थियो । स्वदेशबाट भारत जानका लागि उनले ठूलै कसरत गर्नुपरेको छ । दुई दिनदेखि प्रयास जारी रहेको उनले बताए । छोरा र पत्नीलाई सँगै लैजान लागेका उनले कोरोनाभन्दा भोको पेटको चिन्ता भएको बताए । ‘घरमा भएको अन्नपात सकियो । भारत जानुको विकल्प हामीसँग रहेन,’ उनले भने । भारतमा लकडाउन भएपछि कामबाट निकालिएका उनी नेपाल छिर्न नेपाली नागरिकताको प्रमाणपत्र देखाए । अहिले तिनै थापा भारत छिर्न भारतीय आधार कार्ड देखाइरहेका छन् । आधार कार्ड भएकालाई भारत जान सजिलो भएपछि उनीजस्तै धेरै नेपाली आधार कार्ड बोकेर नेपालगन्ज नाका आएका छन् ।

भैरवी गाउँपालिका–१ दैलेखका ३२ वर्षीय हर्कबहादुर थापा पनि आधार कार्ड बोकेर नेपालगञ्ज नाका पुगेका छन् । भारतको गुजरातस्थित एक होटलमा काम गर्ने उनी पनि अन्नपात सकिएपछि भारत जान लागेको बताउँछन् । नेपालमा रोजगार नपाएपछि फेरि भारत फर्किन थालेको उनले बताए । जेठमा आउँदा पनि यस्तै दुःख झेलेको बताउँदै उनले कोरोनाभन्दा पेट पाल्ने चिन्ता भएको बताए । ‘कोरोनाको डरले नेपालमा बस्ने हो भने एक छाक भात खान समस्या हुन थाल्यो ।

भोकै बस्नुभन्दा रोगसँग लड्न उत्तम लाग्यो,’ उनले भने । दैनिक सरदर ३ सय नेपाली भारत जानका लागि नेपाल–भारत सीमा नाका जमुनाह आउने गरेको इलाका प्रहरी कार्यालय, जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । उनले आधार कार्ड भएकालाई भारत जान दिएको बताए ।

भारतमा लकडाउन भएपछि नेपाली नागरिकताको प्रमाण पत्र देखाएर आएकाहरू जाने बेला आधार कार्ड देखाएर जाने गरेको बताए । उनले भारतबाट आउन जोरबल गरेजस्तै भारत जानका लागि पनि दबाब दिने गरेको बताए । भारत जानेहरूले जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रशासकको सिफारिस ल्याउने गरेको गिरीले बताए । जनप्रतिनिधि र राजनीतिक दलका नेता नाकामा पुगेर दबाब दिने गरेको उनको भनाइ छ । ‘भारतबाट आउन दबाब दिएकाहरू अहिले भारत जान पाऊँ भनी दबाब सिर्जना गर्छन्,’ उनले भने, ‘हामीले दबाब थेग्न सक्ने अवस्था


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया