Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकारागारका दुई सय ३१ कैदीलाई कोरोना

कारागारका दुई सय ३१ कैदीलाई कोरोना


काठमाडौं, भदौ २८
मुलुकका विभिन्न कारागारमा दुई सय ३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कुल आठ सयभन्दा बढीमा गरिएको परीक्षणमा उनीहरूको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये शनिबारसम्म ८६ जना निको भएर फर्किएको र एक सय ३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीन जना कैद भुक्तानी गरेर गएका छन् ।

शनिबारसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिरहामा देखिएको छ । त्यहाँ एक सय १० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताए । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत सङ्क्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा एक सय आठ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।

कारागारमा कोरोना बढ्न थालेपछि केही दिनअघि एक रिटमा सर्वाेच्च अदालतले कैदीबन्दीको स्वास्थ्योपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानुनअनुसार कैद छुट दिन आदेश दिएको छ । सर्वाेच्चले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको व्यवस्था कार्यान्वयनका लागि आवश्यक संरचना, शर्त, प्रक्रिया र कार्यविधि निर्माण गर्न पनि सरकारलाई आदेश दिएको छ । वि.सं. २०७५ देखि लागू भए पनि कार्यविधि र नियमहरू नबनेकाले कार्यान्वयन भएको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया