Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपुल निर्माण भएको दुई वर्ष नपुग्दै भत्किन थाल्यो

पुल निर्माण भएको दुई वर्ष नपुग्दै भत्किन थाल्यो


उमेश दुबे
बारा, भदौ ३१
बारा जिल्लाको बरियारपुर अरुवा सडकमा पर्ने तियर खोला पुलको निर्माण भएको २ वर्ष नबित्दै भत्किन थालेको छ । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगञ्जअन्तर्गत निर्माण भइरहेको सडकमा पर्ने तियर खोला पुलमा कमसल समग्री प्रयोग भएको कारण भत्किन थालेको हो ।

चार करोड ४५ लाख ८० हजार एक सय ६९ रूपैयाँको लागतमा निर्माण भएको तियर खोला पुलमा ठेकेदार कम्पनी र सडक विभागको चरम लापरबाही भएको खुल्न आएको छ । तियर पुल निर्माणको लागि पप्पु मोना जेभीले ठेक्का सकार गरे पनि कमसल समग्री प्रयोग गरेको कारण भत्किन थालेको यात्रुहरू बताउँछन् । तियर पुल निर्माण भएको २ वर्ष भए पनि प्रयोगमा आएको मात्र एक वर्ष पूरा भएको छ ।

पप्पु मोना जेभीले निर्माण गरेको तियर पुलको ढलान फुटन थालिएको छ भने आउजाउ गर्ने यात्रीहरू दुर्घटनाको शिकार बन्न पुगेका छन् । तियर पुलको ढलान फुटेपछि फेरिएको रडका कारण दुईवटा दुर्घटना भएको यात्रुहरू बताउँछन् । ढलान फुुटेको र एप्रेच सडकका कारण दुईवटा दुर्घटना भएको हो ।

हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगञ्ज र पप्पु मोना जेभीबीच २०६८ असार ३१ गते २०७० असार ३० गते काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर ठेकेदार कम्पनीको लापरबाहीले पटक–पटक म्याद थप गरी दुई वर्षअघि मात्रै पुलको निर्माण कार्य सम्पन्न भएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया