Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधट्राफिक प्रहरीद्वारा ७७ हजारभन्दा बढी राजस्व संकलन

ट्राफिक प्रहरीद्वारा ७७ हजारभन्दा बढी राजस्व संकलन


महेन्द्र शाही
सोलुखुम्बु ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले भदौ महिनामा ७७ हजारभन्दा बढी राजस्व संकलन गरेको छ । एक महनिाको अवधिमा विभिन्न एक सय १७ वटा सवारी कारबाहीबाट ७७ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक कृष्ण कटुवाले जानकारी दिए । लकडान भएकाले राजस्व संकलनमा केही कमी भएको पनि उनको भनाइ छ । जिल्लाबाहिर जाने सवारीसाधन बन्द रहेको समयमा पनि कारबाही संख्या हेर्दा अधिक भएको उनले बताए ।

ट्राफिक प्रहरीका अनुसार एक महिनामा सबैभन्दा बढी ५१ वटा मोटरसाइकल कारबाहीमा परहेका छन् । मोटरसाइकल कारबाहीबाट मात्र ट्राफिक प्रहरीले भदौ महिनामा ३७ हजार पाँच सय राजस्व संकलन भएको जनाएको छ । त्यस्तै भदौ महिनामा २५ ट्रकबाट १२ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज कटुवालको भनाइ छ । एक महिनाको अवधिमा २० वटा जिप कारबाहीमा परेका छन ।

जिल्लाबाहिरको सवारी आवागमन रोकिएकाले जिप कारबाहीको संख्या कम देखिएको ट्राफिक प्रहरीको भनाइ छ । जिप कारबाहीबाट १२ हजार राजस्व संकलन भएको जनाइएको छ । त्यसैगरी भदौ महिनामा ११ वटा अटो रिक्सा कारबाहीबाट नौ हजार, पाँचवटा ट्याक्टरबाट तीन हजार, पाँचवटा ट्रिपरबाट तीन हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरीको जनाएको छ ।

कारबाहीमा पर्नेमा सवारी चालक अनुमतिपत्र साथमा नराख्ने, लापरबाहीका साथ सवारी सञ्चालन गर्नेहरू रहेको कटुवालको भनाइ छ । भदौ महिनामा ट्राफिक प्रहरीले तीनवटा मादकपदार्थ सेवन गरी सवारी सञ्चालन गर्नेहरूलाई पनि कारबाही गरेको बताएको छ । जसमा दुईवटा अटो रिक्सा र एउटा जिपका चालक रहेको इन्चार्ज कटुवाले बताए । अघिल्लो महिना भने मापासेमा कारबाहीमा पर्नेको संख्य शून्य थियो । त्यसभन्दा अघिका महिनाहरूमा पनि एक दुईवटा मापासेको कारबाहीमा पर्ने गरेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया