दोलखा, पुस ११
दोलखाको उत्तरी क्षेत्र बिगु गाउँपालिका ८ खोपाचागुकी एक गम्भीर सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिगु गाउँपालिका वडा नम्वर ८ का १७ वर्षीया शुषमा श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको हो । सुत्केरी बेथा लागेको लामो समयसम्म पनि बच्चा नजन्मिएपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्य चौकीले बिहीबार बिहान प्रस्तावित चरिकोट अस्पतालमा रिफर गरेको थियो ।
एम्बुलेन्समा बिहान ८ बजे प्रस्तावित चरिकोट अस्पतालमा आइपुगेका बिरामीको अवस्था चिन्ताजनक रहेको भन्दै विहान ८ः३० मा सल्यक्रिया गरिएको थियो । बेथा लागेको लामो समय भइसकेको र बच्चा अड्किएको कारण आमा र बच्चा दुवैलाई खतरा हुने भएकाले तत्कालै अप्रेशन गरी बच्चा निकालिएको डा. विनोद डङ्गोलले बताए । अप्रेसनपछि सुत्केरीको स्वासप्रस्वासको गति बढेको र आईसीयूमा राखी थप उपचार गर्नुपर्ने र चरिकोटमा आईसीयू नभएकाले तत्काल हेलिकप्टरमार्फत काठमाडौँ रिफर गरिएको प्रमुख डाक्टर डङ्गोलले जानकारी दिए । सुत्केरी महिलालाई तत्काल काठमाडौँ लगि उपचार गर्नुपर्ने भएपछि महिला तथा बालबालिका मन्त्रालयले तत्काल उद्धारको लागि हेलिकप्टर उपलब्ध गराएका हो ।
सुत्केरी बेथा लाग्ने विभिन्न चरणअनुसार लामो समयसम्म बच्चा नजन्मिदा आमा र बच्चा दुवैको लागि खतरा हुन सक्ने भएको र अप्रेसन गरी बच्चा निकाली सुत्केरी महिलालाई काठमाडौँ रिफर गरिएको डा. डङ्गोलले बताए । अप्रेसन गरी निकालिएको बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया