मारवाडी सेवा समिति नेपालको वार्षिक साधारणसभा
काठमाडौं, पुस ११
मारवाडी सेवा समिति नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको प्रमुख आतिथ्यतामा मंगलबार साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा समितिका महासचिव विनोद कुमार सेठीयाले कार्यसमितिको तर्फबाट आ.व. ०७५/०७६ को संस्थाको कार्य प्रगति प्रतिवेदन पेश गरेका थिए । सभामा प्रतिवेदनमाथि छलफल भई सर्वसम्मतिले पारित गरिएको बताइएको छ । त्यसैगरी कोषाध्यक्ष नारायण बजाजले प्रस्तुत गरेको आ.ब. ०७५/०७६ को लेखा परीक्षण भएको वासलात माथि छलफल भई सर्वसम्मतिले पारित गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष कमलेश कुमार अग्रवालले समितिको विधान २०४७ (संशोधित २०७३ सहित) को व्यवस्थाबमोजिम नेपालमा स्थायी बसोवास गर्ने सम्पूर्ण आजीवन सदस्यहरुलाई मताधिकार प्राप्त भएको जानकारी गराएका थिए । कार्यक्रममा मन्त्री मोतीलाल दुगडले सबैलाई समेटी संस्थालाई अगाडि बढाउन आग्रह गरे । सभाले नयाँ कार्यसमिति समेत चयण गरेको छ । संस्थाको अध्यक्षमा बसन्त कुमा चौधरी सर्वसम्मत अध्यक्ष पदमा नव निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष चौधरीले सबैलाई समेटी विधान सम्मत संस्था सञ्चालन गर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया