आशिष बहादुर सिंह
बझाङ, पुस १३
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा प्रसिद्ध पर्व भुवा नाचको रौनक गाउँगाउँमा सुरु भएको छ । कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने यो नाच प्रत्येक वर्ष पुस महिनाको औंँशीका दिन मसाल राँको सल्कााएर सुरु हुने गर्दछ । बझाङका जयपृथ्वी नगरपालिका कैलाश, पडेश, बाजगाउँ, बस्टी लगायत मष्टा, थलारा, सुर्मा, छबिस पाथिभेरा, सिरेटा, भण्डार, कोटदेवल, रनाडा, भिनमडलगायतका दर्जनौँ गाउँहरुमा मा यसपालाको भुवा पर्वको रौनक छाएको छ ।
यो पर्व सात दिनसम्म मनाइने गरिन्छ । औंँशीका दिन गाउँका प्रत्येक घरबाट बाल्नका लागि मुढा माग्ने र राति भुवाखाडा भुवा नाच्ने चौरमा ठूलो आगो बालेर प्रत्येक व्यक्तिले हातमा राँको सल्काई भुवा नाचको सुरुवात गर्ने गरिन्छ । राँको नबाली पर्वको सुरुवात नहुने स्थानीय बासिन्दाको भनाइ छ । बाजाको तालमा खुकुरी, तरवार र ढालसहित पुरुषहरुले प्रदर्शन गरेको युद्धकला हेर्न थुप्रै मानिसहरुको भीड लाग्ने गर्छ ।
युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समूहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्को समूहले हात र खुट्टाको चालमा नाच्दै ‘भस्सोे भन्ने गर्दछन् । कुरुक्षेत्रको युद्धभन्दा पहिले पाण्डवहरु वनवास गएको समयमा भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँमा घुमेको किम्वदन्ती रहेको छ । पाण्डवहरुले नै विभिन्न गाउँमा भुवा पर्वको आयोजना गरी युद्ध अभ्यास गराएका कथाहरु नाचमार्फत प्रस्तुत गर्ने गरिन्छ ।
भुवाको विशेष आकर्षणका रुपमा रहेका चाली नाच, ठाडो भस्सो, भारी खेलजस्ता नाच र गायनहरु प्रस्तुत गर्ने गरिन्छ । भुवा पर्व सुरु भएको दुई दिन अर्थात औंशीको द्वितीयालाई दुयो भन्ने गरिन्छ । यो दिन घरमा बटुक चुकानीलगायतका परम्परागत परिकारहरु पकाउने र इष्टमित्र तथा आफन्तहरुलाई टिको पिठाया टिकाटालो लगाई शुभकामना आदान प्रदान गर्ने गरिन्छ । पौष शुक्ल पूर्णिमाअगावै भुवा पर्वको विधिवत् रुपमा समापन गर्ने प्रचलन रहेको छ ।
भुवापर्वको अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने, भुवा नाच्ने र चौरमा बोकाबली दिने परम्परा रहेको छ । पछिल्लो समयमा गाउँमा भुवा पर्व लोप हुने खतरामा भुवा पर्वलाई लोपोन्मुख पर्वको रुपमा लिन थालिएको छ । करिब २० वर्षपहिले गाउँमा भुवा हाल्दा प्रत्येक घरबाट छोरा मान्छे जाने गरेका थिए । तर, अहिले भुवा खेल्दा थोरै युवाहरु आउने गरेको जयपृथ्वी नगरपालिकाका स्थानीय जय सिंहले बताए ।
अहिलेका युवाहरुले भुवा खेल्न चासो नै दिँदैनन् । भुवामा हाल्ने माणा भट्याउँदा भन्ने गीत गाउन कसैलाई आउँदैन । कसैले सिक्न चासो पनि दिँदैनन् । कतिपय गाउँमा त बुढापाका नभएका कारण यो पर्व मनाउनै छाडिसकेका छन् भने कुुनै गाउँमा जाडरक्सी खाई झैँझगडा हुने भएकाले पनि लोभ भएको पास्कल सिंहले बताए । स्थानीय सरकारले भुवा पर्वको जर्गेनामा ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया