Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबाँकेमा उद्योग दर्ता गर्नेको संख्या बढ्दो

बाँकेमा उद्योग दर्ता गर्नेको संख्या बढ्दो


बाँके ।
बाँकेमा घरेलु तथा साना उद्योग दर्ता गर्नेको सख्यामा वृद्धि भएको छ । पछिल्लो एक महिनामा मात्रै तीन सय ५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि उद्योग दर्ता गर्नेको गतेदेखि भदौ २३ गतेसम्म जम्मा सय एक सय ३४ उद्योग दर्ता भएको थियो । भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि पछिल्लो एक महिनामा उद्योग दर्ता गर्नेको सख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ ।

कोरोना महामारीका कारण अर्थतन्त्र संकटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय गरेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारुले जानकारी दिए । प्रदेश सरकारको गत भदौ २३ गते गतदेखि लागू हुनेगरी घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन आएपछि गत भदौ २४ देखि असोज २४ गतेसम्म एक महिनाको अवधिमा मात्रै ३ सय ५९ उद्योग दर्ता भएको प्रमुख उद्योग अधिकृत थारुले बताए ।

पाँच लाखसम्मको पुँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै हुने व्यवस्था छ । पाँच लाखभन्दा बढी पुँजीमा सञ्चालन हुने उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्दछ । उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेको प्रमुख उद्योग अधिकृत थारुले बताए । २० लाख रूपैयाँसम्मको पुँजीमा सञ्चालन हुने उद्योगको पाँच हजार रूपैयाँ, २० लाखदेखि ५० लाख रूपैयाँसम्मको १५ हजार रूपैयाँ र ५० लाखदेखि माथिको पुँजीमा सञ्चालन हुने उद्योग दर्ताको लागि २५ हजार रूपैयाँ दर्ता दस्तुर रहेको थियो ।

प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारुले जानकारी दिए । घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्ने निर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन मिलेको बताइन् । दर्ता दस्तुर छुटपछि अहिले धमाधम घरेलु तथा साना उद्योग दर्ता भइरहेको बताउँदै उनले महासंघले नयाँ उद्योगीलाई व्यावसायिक योजना र आवश्यक परामर्श दिने कार्य गर्दै आएको उल्लेख गरिन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया