Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधफलामे खाली सिलिन्डरको मूल्य दुई हजार एक सय

फलामे खाली सिलिन्डरको मूल्य दुई हजार एक सय


काठमाडौं ।
खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिन्डरको मूल्य दुई हजार एक सय रूपैयाँ कायम गरिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले सिलिन्डरको मूल्यमा एकरूपता ल्याउन नयाँ मूल्य तोकेको हो । दुर्गमका क्षेत्रबाहेकका जिल्लामा बुधबारबाट नै लागू हुनेगरी ग्यास सिलिन्डरको मूल्य तोकिएको हो ।

यसअघि संघले ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिन्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिन्डरको मूल्य तोकेको थियो । तर बुधबारबाट लागू हुनेगरी दुर्गमका क्षेत्रबाहेकका जिल्लाका लागि खाली सिलिन्डरको मूल्य लागू गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए पनि ग्यासका डिलर अनुसार मूल्य फरक/फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने संघले जनाएको छ । संघले सिलिन्डर खरिद गर्दा अनिवार्यरूपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर)मार्फत लिन समेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिन्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ ।

संघले तोकेको नयाँ मूल्यअुनसार एक सय रूपैयाँ बिक्रेताका लागि छुट्याइएको हो । संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारबाही गर्ने जनाएको छ । उद्योग तथा बिक्रेताले खाली सिलिन्डरको मूल्य तीन हजार पाँच सयसम्म लिने गरेका थिए । तर अब सबै उद्योगका सिलिन्डरको मूल्य दुई हजार एक सय लागू भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया